News Portal

  • तीन किराती संस्थाले संयुक्तरुपमा महान चाड उधौली मनाउने

    हिमाली संचार संवाददाता
    ७०१ पटक

    कुवेत– भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने मुल नाराका साथ कुवेतमा लामो समयदेखी क्रीयाशिल तीन किराती संस्थाका शाखाहरु ्किरात राई यायोक्खा कुवेत, याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ,येले तम्बे,येले थोचे ५०७९ आगामी १३ डिसेम्बर २०१९ मा मनाउने भएको छ।

    तिन किरातीहरु एकताको शुत्रभित्र बाँधिनुपर्छ भन्ने मान्यताका साथ उदाहरणका रुपमा कुवेतमा तीन किरातीहरुले बिगत केहि वर्ष यतादेखि संयुक्तरुपमा चाडहरु मनाउँदै आइरहेका छन्। यसै अनुरुप यसपाली पनि तीन किराती संस्थाहरुले संयुक्त रुपमा उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार २०१९ तथा येले दोङ येले तम्बे येले थोचे ५०७९ कार्यक्रमको आयोजना गरेको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईले परदेशी खबरलाइ जनकारी दिएक छन्।

    गत वर्ष तीन किराती समुदायकै एक एक जना अतिथि कलाकारहरुको साथमा कार्यक्रम सम्पन्न गरेता पनि यस बर्ष समय ब्यबस्थापन तथा विभिन्न प्राविधिक कारणबस स्थानिय कलाकारहरुको साथमा किरातीहरुको चाड मनाउने तय भएको अध्यक्ष राईले बताएका छन।

    अध्यक्ष राइले उधौली किन? भन्ने प्रश्नलाइ संक्षेपमा ब्यख्य गर्दै भने “प्रवासमा छौँ तर विश्वको जुनसुकै कुना कान्दारामा रहेता पनि हामी नेपाली हौँ हामिसंग नेपाली पन छ नेपाली मन छ। हामिसंग नेपाली संस्कार संस्कृति अमर छन् त्यसैले संस्कार संस्कृतिलाई जगेर्ण गर्दै भावी पुस्ताहरुलाइ पनि ती संस्कार संस्कृति हस्तान्तरण गर्ने जिम्मेवारी यो पुस्ताको हो। त्यसैले हामिले हाम्रो बिरासतलाइ सधैं गौरवका साथ कायम राख्नुपर्दछ” थप्दै उनले भने “संस्कृतिका धनी हामी नेपाली हाम्रो संस्कृति मासिए हाम्रो अस्तित्व नै रहँदैन। त्यसैले हामी नेपाली जो जहाँ छौँ त्यहीँबाट हाम्रो संस्कृतिको संरक्षण गर्नुपर्छ। हाम्रो संस्कृतिको संरक्षण भनेको हाम्रो अस्तित्वको संरक्षण हो।”

    अध्यक्ष राइले उक्त दिन कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनुहुन कुवेतमा कार्यरत स्म्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ समेत आग्राह गरेका छन।

    कार्यक्रमको विवरण 
    मिति : १३ डिसेम्बर २०१९
    समय : बिहान ११ बजे
    स्थान : युनिक अडिटोरियम हल फर्वानिया

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...