News Portal

नेवाःगुठी कुवेतले नोभेम्बर १ तारीखमा म्हःपुजा गर्दै

हिमाली संचार संवाददाता
१०२७ पटक

कुवेत ३०, २०१९ अक्टोबर : नेवाःगुठी कुवेत पुनर्गठनसँगै घोषणा गरिएको म्हःपुजा नेवाःगुठी कुवेतले आउदो शुक्रबार नोभेम्बर १ तारिखका दिन गर्ने भएको छ।

गएको अक्टोबर २५ तारिख कुकुर तिहारको दिन गर्ने भनिएको म्हपुजा विशेष कारणवस उक्त दिन गर्न असमर्थ रहेपछि अागामी शक्रबार १ नोभेम्बरको दिन फरवानिया स्थित युनिक अडिटोरियम हलमा म्हपुजा गर्न लागिएको कुरा नेवाः गुठी कुवेतका सांस्कृति विभाग तथा कार्यक्रम सम्योजक उदास श्रेष्ठले जानकारी दिए।

“संस्कृति हराए हाम्रो पहिचान हराउने छ” भन्ने मनसायका साथ २०११ मा स्थापना भएको नेवाःगुठी कुवेत पुनर्गठन पश्चात पहिलाे कार्यक्रमको रूपमा कुवेतमा म्हपुजा र नेपाल संवत ११४० मनाउन लागेको गुठी कुवेतले विविध कारणवश विगतको केहि वर्ष नेवाः परम्पराको जगेर्नाको लागि चुस्तरुपमा लाग्न नसकिए पनि अब भने नेवा सभ्यता र परम्पराको जगेर्ना गर्न लागि पर्ने जनाएको छ।

म्हपुजा कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएकाे जनाउँदै संस्थाका अध्यक्ष सुरज मास्केले नेवाः परम्परा, संस्कृतिको जगेर्ना गर्ने प्रमुख उद्येश्यका साथ नेवाःगुठी अघि बढेकाे बताए। नेपाल भाषालाइ लोप हुन नदिन कुवेतमा पनि हरेक महिनाको एउटा शुक्रबार नेपाल भाषा सिकाउने योजना रहेको पनि मास्केले बताए।

म्हपुजा विलकुलै नेपाली मौलिक चाड हाे भन्दै यस कार्यक्रम मार्फत म्हपुजा भनेको के हो र किन गरिन्छ? भन्ने बारेमा समेत जानाकारी गराइने बताउँदै नेपाल संवत किन सबै नेपालीहरुको सवंत हो र कसरी यो संवतको सुरुवात भयो? भन्ने बारेमा समेत यस कार्यक्रममा जानाकारी गराइने अध्यक्ष मास्केले बताए।

नेपालको जुनसुकै मौलिक परम्पराको बारेमा हरेक नेपाली जानाकार हुनुपर्छ र मौलिक परम्पराको विकास नै समृद्धीको पहिलो कसी हो भन्दै अध्यक्ष मास्केले संस्कृति र परम्परा जाेगाउन सबै मिलेर लागि पर्नु पर्ने बताए।

नेवाः गुठी कुवेतले कुवेतमा कार्यरत सबै नेवाः दाजुभाइ तथा दिदीबहिनीहरूलाइ म्हपुजा कार्यक्रम बारे जानकारी गराइ सकिएको जनाउँदै यदि कसैलाइ जानकारी नभएको भएमा यसै समाचारलाइ अाधार मानी म्हपुजामा कार्यक्रममा सहभागी हुन विशेष अनुरोध गरेको छ भने म्हपुजा गर्न चाहने नेवार दाजुभाइ तथा दिदीबहिनीहरूले बिहिबार साँझसम्म तपशील बमोजिमका पदाधिकारीहरूलाइ सम्पर्क गरि अाफ्नो नाम टिपाउन पनि अाग्रह गरेको छ।

सम्पर्कका लागि :
अध्यक्ष : सूरज मास्के +९६५५१०९४१७२
कोषाध्यक्ष : जुजुकाजी महार्जन +९६५९४०३२९४१
सांस्कृति प्रमुख : उदास श्रेष्ठ +९६५६९०६९७९५

तपशील:

मिति : १ नोभेम्बर २०१९ शुक्रबार
समय : बेलुका ५:३० बजे
स्थान : युनिक अडिटोरियम हल फरवानिया
आयोजक : नेवाःगुठी कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...