News Portal

आगलागी पीडितलाई पाल्पाली समाज युएईले गर्‍यो आर्थिक सहयोग

हिमाली संचार संवाददाता
१३८९ पटक

आरपी ढुंगाना
युएई २८, २०१९ अक्टोबर : पाल्पाली समाज युएईले पाल्पाका आगजनि पीडितलाई आर्थिक सहयोग गरेको छ। समाजका प्रथम उपाध्यक्ष कैलाश अर्यालका अनुसार पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ गुहारथानाका दुई घर आगलागी पीडितलाई पाल्पाली समाज युएईले ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

गत असोज ३० गते आगालागी हुँदा स्थानीय प्रेमबहादुर रास्कोटी र शेरबहादुर रास्कोटीको घर गोठ जलेर पूर्ण रुपमा नष्ट भएका थिए। अचनाक विद्युत सट भई गुहारथानाका प्रेमबहादुरको दुई तले फुसले छाएको घर गोठ जलेर नष्ठ भएका थिए। त्यस्तै सोही स्थानका शेरबहादुरको पनि दुई तले फुसले छाएको कच्चि घर र गोठ पूर्ण रुपमा क्षति भएका थिए।

पाल्पाली समाज युएईका अभियन्ताहरु वेदप्रसाद अर्याल, ओमकुमारी खाँडहरुको एक समुहले संकलन गरी पठाएको उक्त सहयोग रकम स्थानीय जीवनज्योति निमावीका शिक्षक शंकर पौडेलबाट स्थानीय जनप्रतिनिधिहरुको संयोजनमा युएईको बसाइलाई बिट मार्दै नेपाल गएका समाजका संरक्षक गितामणि पाण्डे, केन्द्रीय कोषाध्यक्ष राजेश गैरे, अबुधाबी क्षेत्र कोषाध्यक्ष दिनेस भण्डारी, रामबहादुर राउतको उपस्थितिमा पीडित परिवारलाई गत कात्तिक ८ गते शुक्रबारका दिनमा पीडितहरुकै घरमा हस्तान्तरण गरिएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...