News Portal

युएईका पाल्पाली युवाहरूबाट सहयोग हस्तान्तरण

हिमाली संचार संवाददाता
७३६ पटक

आरपी ढुंगाना
अक्टोबर २६, २०१९ युएई : वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका केही पाल्पाली युवाहरूले आफ्नो गाउँको विपत्तिमा सहयोग गरेका छन्।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ गुहारथानाका दुई घर आगलागी पीडितलाई युएईमा रहेका पाल्पाली युवाहरु र नेपालमा रहेका केही सहयोगी व्यक्तित्वहरुले आर्थिक तथा भौतिक सहयोग हस्तान्तरण गरेको पाल्पाली समाज युएईका प्रथम उपाध्यक्ष कैलाश अर्यालले जानकारी दिए।

समाजका प्रथम उपाध्यक्ष अर्यालका अनुसार युएईबाट कैलाश अर्याल, नारायण कुँवर र सुमन खड्काले पीडित परिवारको राहतका लागि ११ हजार रुपैयाँ, धनबहादुर रायमाझीबाट १ हजार र नेपाल स्थित प्रतिनिधि शंकर पौडेल र यसाेदा पैाडेलबाट १/१ हजार रुपैयाँ यस अभियानमा सहयोग प्राप्त भएको छ।

साथै, डुकबहादुर अर्यालले पनि आगजनी पीडितको सहयोगका लागि १ हजार रुपैयाँ र अाकाश रायमाझीले ५० केजी चामल माधब पाैडेलबाट १ सय केजी चामल, दाल पाँच केजी, १० प्रती सर्ट वितरण गरिएको नेपालबाट माधव पाैडेल, यसाेदा पाैडेल र डुक बहादुर अर्यालले जानकारी दिएका छन्।

केही अपुग सामग्री पुन वितरण गरिने दाताहरुले बताएका छन्। यो अभियानमा साथ दिने सबै दाताहरु र वितरण कार्यक्रमका प्रमुख अतिथि रामबहादुर राउत लगायत सम्पुर्ण महानुभावलाई अभियन्ता कैलाश अर्यालले धन्यवाद प्रकट गरेका छन्।

गत असोज ३० गते आगालागी हुँदा स्थानीय प्रेमबहादुर रास्कोटी र शेरबहादुर रास्कोटीको घर गोठ जलेर पूर्ण रुपमा नष्ट भएका थिए। अचनाक विद्युत सट भई गुहारथानाका प्रेमबहादुरको दुई तले फुसले छाएको घर गोठ जलेर नष्ठ भएका थिए।

त्यस्तै सोही स्थानका शेरबहादुरको पनि दुई तले फुसले छाएको कच्चि घर र गोठ पूर्ण रुपमा क्षति भएका थिए।

पाल्पाली युवाहरुले युएईबाट संकलन गरी पठाएको उक्त सहयोग रकम स्थानीय जीवनज्योति निमावीका शिक्षक शंकर पौडेलबाट स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा पीडित परिवारलाई हस्तान्तरण गरिएको छ।

पाल्पाली समाज युएईले पनि सोही आगलागी पीडितहरुको सहयोगका लागि युएईबाट ४० हजार रुपैयाँ छुट्टै सहयोग गरेको छ।

प्रतिकृया दिनुहोस्

सडक किनारमा वृद्धको शव फेला, सवारी दुर्घटनाको आशंका

विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध...

सुनको मूल्य घट्दा चाँदीमा सामान्य वृद्धि

काठमाडौं, फागुन १५ – साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको...

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ललितपुरका लागि इसेवामा दुई पदमा रोजगारी खुला

काठमाडौं, फागुन १४ – डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरस्थित आफ्नो कार्यालयका लागि दुई फरक पदमा...

सुनको भाउ ६ सयले बढ्यो, चाँदीमा पनि सामान्य वृद्धि

काठमाडौं, १४ फागुन – स्थानीय बजारमा सुनचाँदीको मूल्यमा बिहीबार वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी...