News Portal

  • कांग्रेस नेताहरुद्वारा जनसम्पर्कका प्रतिनिधीहरुलाई चियापान

    हिमाली संचार संवाददाता
    ४३१ पटक

    कार्तिक ४, २०७६ काठमाडौं : नेपाली कांग्रेसको वैदेशिक संगठन जनसम्पर्क समितिका प्रतिनिधीहरुलाई नेपाली कांग्रेसका नेताहरुले शनिवार चियापान गराएका छन्।

    एनआरएनएको सम्मेलनका क्रममा नेपाल आएका जनसम्पर्क समितिका प्रतिनिधीहरुलाई नेपाली कांग्रेसका नेताहरुले चियापान गराएका हुन्।

    कांग्रेस महामन्त्री डा.शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा कांग्रेसका अन्य नेताहरुको उपस्थितिमा चियापान भएको थियो। चियापानमा बरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायतका नेताहरुको उपस्थिति थियो।

    एनआरएनएको निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका कुल आचार्य सहितका लोकतन्त्रवादीहरु समेत चियापानमा थिए।

    संक्षिप्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री कोइरालाले जनसम्पर्क समितिका सबै प्रतिनिधीहरुलाई स्वागत गर्दै लोकतन्त्रको रक्षाको लागि सबैले आफ्नो ठाउँबाट डटेर सामना र सहयोग गर्न आग्रह गरे।

    कांग्रेस नेता गगन थापाले पनि जनसम्पर्क समितिका सदस्य तथा प्रतिनिधीहरुलाई चियापान गरेका थिए। धुम्वराहीमा थापाले गरेको कार्यक्रममा एनआरएनएका प्रतिनिधीहरु पनि सहभागि थिए। थापाले वर्तमान सरकार कम्युनिष्ट सत्ता स्थापना गर्न लागिपरेको बताए। थापाले भने, ‘वर्तमान सरकार कम्युनिष्ट सरकार चलाउन नभइ कम्युनिष्ट सत्ता स्थापित गर्न लागिपरेको छ। सरकार मात्र नभइ राज्यका सबै अंगलाई कम्युनिष्टकरण गर्न लागिपरेको छ।

    यो बेलामा संसारभर रहेका नेपाली कांग्रेसका कार्यकर्ताहरुले लोकतन्त्रलाई बलियो बनाउन आआफ्नो ठाउँबाट लाग्नुपर्ने बेला आएको छ।

    चियापानमा एनआरएनएका अध्यक्षका प्रत्यासी कुल आचार्यले सबै मतदाताहरुलाई धन्यवाद दिदै आरोप प्रत्यारोपमा नलागी सुदृढ एनआरएनए बनाउनेतर्फ लाग्न आग्रह गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...