News Portal

कांग्रेस नेताहरुद्वारा जनसम्पर्कका प्रतिनिधीहरुलाई चियापान

हिमाली संचार संवाददाता
५०६ पटक

कार्तिक ४, २०७६ काठमाडौं : नेपाली कांग्रेसको वैदेशिक संगठन जनसम्पर्क समितिका प्रतिनिधीहरुलाई नेपाली कांग्रेसका नेताहरुले शनिवार चियापान गराएका छन्।

एनआरएनएको सम्मेलनका क्रममा नेपाल आएका जनसम्पर्क समितिका प्रतिनिधीहरुलाई नेपाली कांग्रेसका नेताहरुले चियापान गराएका हुन्।

कांग्रेस महामन्त्री डा.शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा कांग्रेसका अन्य नेताहरुको उपस्थितिमा चियापान भएको थियो। चियापानमा बरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायतका नेताहरुको उपस्थिति थियो।

एनआरएनएको निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका कुल आचार्य सहितका लोकतन्त्रवादीहरु समेत चियापानमा थिए।

संक्षिप्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री कोइरालाले जनसम्पर्क समितिका सबै प्रतिनिधीहरुलाई स्वागत गर्दै लोकतन्त्रको रक्षाको लागि सबैले आफ्नो ठाउँबाट डटेर सामना र सहयोग गर्न आग्रह गरे।

कांग्रेस नेता गगन थापाले पनि जनसम्पर्क समितिका सदस्य तथा प्रतिनिधीहरुलाई चियापान गरेका थिए। धुम्वराहीमा थापाले गरेको कार्यक्रममा एनआरएनएका प्रतिनिधीहरु पनि सहभागि थिए। थापाले वर्तमान सरकार कम्युनिष्ट सत्ता स्थापना गर्न लागिपरेको बताए। थापाले भने, ‘वर्तमान सरकार कम्युनिष्ट सरकार चलाउन नभइ कम्युनिष्ट सत्ता स्थापित गर्न लागिपरेको छ। सरकार मात्र नभइ राज्यका सबै अंगलाई कम्युनिष्टकरण गर्न लागिपरेको छ।

यो बेलामा संसारभर रहेका नेपाली कांग्रेसका कार्यकर्ताहरुले लोकतन्त्रलाई बलियो बनाउन आआफ्नो ठाउँबाट लाग्नुपर्ने बेला आएको छ।

चियापानमा एनआरएनएका अध्यक्षका प्रत्यासी कुल आचार्यले सबै मतदाताहरुलाई धन्यवाद दिदै आरोप प्रत्यारोपमा नलागी सुदृढ एनआरएनए बनाउनेतर्फ लाग्न आग्रह गरे।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...