News Portal

वर्ल्ड म्युजिक अवार्ड : मोडललाई यौनसम्पर्क राख्न प्रस्ताव गर्ने महासचिव सुमन बुढा निलम्बनमा

हिमाली संचार संवाददाता
६२० पटक

अक्टोबर १७, २०१९ न्युयोर्क : ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९’ अवार्ड वितरण व्यवस्थापन समितिका महासचिव सुमन बुढाले एकजना महिला कलाकारसँग यौन प्रस्ताव गरेको खुलासा भएको छ।

मोडल छिरिङ डोमा शेर्पा ‘जेन्निफर’सँग बुढाले यौनसम्पर्कका लागि प्रस्ताव गरेका हुन्। शेर्पाले सामाजिक संजाल फेसबुकमा बुढाले आफूलाई विभिन्न बहाना बनाएर यौन सम्पर्कका लागि दवाव दिएको बताएकी छिन्।

‘म छिरिङ डोमा शेर्पा ‘जेन्निफर’ करीब ४ वर्ष भएछ, मैले कलाकारिता क्षेत्रमा पाइला टेकेको’, उनले भनेकी छिन्, ‘तर आज ममाथि ठूलो बज्रपत खसेको छ। मलाई तपाईंहरूको साथ र सहयोगको खँचो छ’, उनले भनेकी छिन्।

करीव ३ महिनादेखि संचालन र डेड हप्तादेखि शुरु भएको वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९ भोटिङ चलिरहँदा मलाई यही कम्पनीको महासचिव साथै कलाकार संघ अमेरिकाको अध्यक्ष जस्तो पदमा बसेको सुमन बुढा मगर नाम गरेको व्यक्तिले बारम्बार इमोश्नल ब्ल्याकमेलिङ गर्ने गरेको र सेक्सुअल ह्यारेसमेन्ट गर्न खोजेको छ’, मोडल शेर्पाले भनेकी छिन्।

‘पहिला त मलाई अनेकथरी लेखेर लोभ देखाउनुभयो। तिमीलाई टप थ्रीमा पुर्‍याउन सहयोग गर्छु नि भन्नुभयो’, उनले फेसबुकमा लेखेकी छिन्, ‘अनि अहिले बीचमा मलाई हेलिकप्टरमा मनाङ घुम्न जाने। पोखराको होटेलमा हामी दुई बस्न जाऔँ भन्ने जस्ता प्रस्ताव रख्नु भयो।

‘धेरै चोटी प्रस्ताव राख्दा पनि आस्वीकर गरेपछि मलाई चेतावनीको साथ सामाजिक संजालबाट ब्लक गरिदिनु भएछ’, उनले भनेकी छिन्, ‘यतिका दिनदेखि मैले गरेको दुःख, मेहनत खर्च गरेको छु।

समय, पैसा, तपाईंहरूको साथसहयोग सबै पानीमा मिलेको छ’, शेर्पाले भनेकी छिन्, ‘अब मैले न्याय खोज्न कहाँ जाने ? यस्तो व्याक्तिलाई के सजाय दिने ?

यस्ता व्याक्तिलाई ठाउँमा ल्याएर सजाय दिलाउन उनले माग गरेकी छिन्। ‘यस्ता कुविचार भएका व्यक्तिलाई समाजबाट बहिस्कार गरौँ’, उनले भनेकी छिन्।

अमेरिका मात्रै होइन यस्ता घटना नेपालभन्दा बाहिर हुने कार्यक्रमहरूमा नेपाली महिला कलाकारहरूलाई यस्तै खालका नाजायज दवाव दिने गरेका समाचार आइ्सकेका छन्। अमेरिकामा यस्ता खालका धन्दा चलाएका संस्थाका पूरै टिमलाई कारबाहीको माग उठेको छ।

मोडल शेर्पालाई बुढाले यौन प्रस्ताव राखेको घटना बाहिर आएपछि ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९’ अवार्ड वितरण व्यवस्थापक समितिका तर्फबाट दावा शेर्पा र सुरज राईले विज्ञप्ति जारी गरेर सुमन बुढालाई संस्थाबाट हटाएको जनाएका छन्।

सुमन बुढालाई मात्रै होइन यो कार्यक्रम आयोजक सबैलाई कारबाहीको माग उठेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...