News Portal

वर्ल्ड म्युजिक अवार्ड : मोडललाई यौनसम्पर्क राख्न प्रस्ताव गर्ने महासचिव सुमन बुढा निलम्बनमा

हिमाली संचार संवाददाता
६३९ पटक

अक्टोबर १७, २०१९ न्युयोर्क : ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९’ अवार्ड वितरण व्यवस्थापन समितिका महासचिव सुमन बुढाले एकजना महिला कलाकारसँग यौन प्रस्ताव गरेको खुलासा भएको छ।

मोडल छिरिङ डोमा शेर्पा ‘जेन्निफर’सँग बुढाले यौनसम्पर्कका लागि प्रस्ताव गरेका हुन्। शेर्पाले सामाजिक संजाल फेसबुकमा बुढाले आफूलाई विभिन्न बहाना बनाएर यौन सम्पर्कका लागि दवाव दिएको बताएकी छिन्।

‘म छिरिङ डोमा शेर्पा ‘जेन्निफर’ करीब ४ वर्ष भएछ, मैले कलाकारिता क्षेत्रमा पाइला टेकेको’, उनले भनेकी छिन्, ‘तर आज ममाथि ठूलो बज्रपत खसेको छ। मलाई तपाईंहरूको साथ र सहयोगको खँचो छ’, उनले भनेकी छिन्।

करीव ३ महिनादेखि संचालन र डेड हप्तादेखि शुरु भएको वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९ भोटिङ चलिरहँदा मलाई यही कम्पनीको महासचिव साथै कलाकार संघ अमेरिकाको अध्यक्ष जस्तो पदमा बसेको सुमन बुढा मगर नाम गरेको व्यक्तिले बारम्बार इमोश्नल ब्ल्याकमेलिङ गर्ने गरेको र सेक्सुअल ह्यारेसमेन्ट गर्न खोजेको छ’, मोडल शेर्पाले भनेकी छिन्।

‘पहिला त मलाई अनेकथरी लेखेर लोभ देखाउनुभयो। तिमीलाई टप थ्रीमा पुर्‍याउन सहयोग गर्छु नि भन्नुभयो’, उनले फेसबुकमा लेखेकी छिन्, ‘अनि अहिले बीचमा मलाई हेलिकप्टरमा मनाङ घुम्न जाने। पोखराको होटेलमा हामी दुई बस्न जाऔँ भन्ने जस्ता प्रस्ताव रख्नु भयो।

‘धेरै चोटी प्रस्ताव राख्दा पनि आस्वीकर गरेपछि मलाई चेतावनीको साथ सामाजिक संजालबाट ब्लक गरिदिनु भएछ’, उनले भनेकी छिन्, ‘यतिका दिनदेखि मैले गरेको दुःख, मेहनत खर्च गरेको छु।

समय, पैसा, तपाईंहरूको साथसहयोग सबै पानीमा मिलेको छ’, शेर्पाले भनेकी छिन्, ‘अब मैले न्याय खोज्न कहाँ जाने ? यस्तो व्याक्तिलाई के सजाय दिने ?

यस्ता व्याक्तिलाई ठाउँमा ल्याएर सजाय दिलाउन उनले माग गरेकी छिन्। ‘यस्ता कुविचार भएका व्यक्तिलाई समाजबाट बहिस्कार गरौँ’, उनले भनेकी छिन्।

अमेरिका मात्रै होइन यस्ता घटना नेपालभन्दा बाहिर हुने कार्यक्रमहरूमा नेपाली महिला कलाकारहरूलाई यस्तै खालका नाजायज दवाव दिने गरेका समाचार आइ्सकेका छन्। अमेरिकामा यस्ता खालका धन्दा चलाएका संस्थाका पूरै टिमलाई कारबाहीको माग उठेको छ।

मोडल शेर्पालाई बुढाले यौन प्रस्ताव राखेको घटना बाहिर आएपछि ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९’ अवार्ड वितरण व्यवस्थापक समितिका तर्फबाट दावा शेर्पा र सुरज राईले विज्ञप्ति जारी गरेर सुमन बुढालाई संस्थाबाट हटाएको जनाएका छन्।

सुमन बुढालाई मात्रै होइन यो कार्यक्रम आयोजक सबैलाई कारबाहीको माग उठेको छ।

प्रतिकृया दिनुहोस्

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...