News Portal

बिचौलियाहरु पछिलागे : राजदूत पाण्डे

हिमाली संचार संवाददाता
५८२ पटक

१३ अक्टोबर २०१९ क्वालालम्पुर : अवैध रुपमा मलेसिया बसोबास गर्दै आएका नेपाली नागरिकलाई न्यूनतम खर्चमा सुरक्षितसाथ नेपाल फर्काउने मेरो प्रयाससँग असन्तुष्ट केही बिचौलियाहरुले बद्नाम गराउने दुस्प्रयास गरेका छन्।

यो भनाइ हो मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेको। पाण्डेले शनिबार न्यूज अफ नेपालमा सम्पर्क गरी यसै स्थानमा प्रकाशित समाचारमा प्रतिक्रिया दिंदै सो टिप्पणी गर्नुभएको हो।

अवैध भएर मलेसियामा बसोबास गरेका बिदेशी नागरिकहरुलाई स्वदेश फर्कनका लागि आममाफी कार्यक्रम १ अगष्ट २०१९ देखि संचालनमा आएदेखि नै नेपालीहरु पनि सो आममाफीमार्फत नेपाल फर्कने क्रममा छन् तर, बिचौलियाहरुका लागि त्यस्ता व्यक्तिहरु त्यहीं लुकीछिपी बसे नियमित कमाइ खाने भाँडो हुनेछ।

नेपाली राजदूतावास मार्फत स्वदेश फर्कन चाहने नेपालीहरुलाई एजेन्ट(दलाल) हरुबाट ठगिनबाट जोगिनका निमित्त ट्राभल डकुमेन्ट बनाइदिनुपर्छ। नेपाली राजदूतावासमा १६० मलेसियन रिंगेट बुझाएपछि राजदूतावासले एकतर्फी हवाई यात्रापत्र दिने गर्दछ।

‘हामी राजदूतावासका कर्मचारी नेपाली नागरिकलाई सघाउन यहाँ बसेका हौं, उहाँहरुलाई ठगिनबाट जोगाउनु हाम्रो धर्म हो’ राजदूत पाण्डेले भन्नुभयो– राजदूतावासका कुनै कर्मचारीले अनुचित कार्य गरेको प्रमाण भए म तत्काल कारबाही चलाउनेछु। (नेस)

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...