News Portal

  • अर्याल परिवार नेपाल युएई शाखाले यसरी मनायो बडादशै

    हिमाली संचार संवाददाता
    ४६९ पटक

    आरपी ढुंगाना,
    १२ अक्टोबर २०१९ युएई : युएईमा कार्यरन नेपालीहरुले शुक्रबारे साप्ताहिक बिदाको अवसर पारेर विजया दशमी भव्यताका साथमा मनाएका छन्।

    अक्टोबर ११ शुक्रबार युएईका विभिन्न पार्क तथा नेपाली रेस्टुरेन्टहरुमा भेला भएर दशैको टीका तथा जमरा ग्रहण गर्ने, मिठामिठा परिकार खाएर परदेसमै भए पनि दशै मनाएको छ। यसै मेसोमा अर्याल परिवार समाज नेपालको युएई शाखाले युएईमा रहेका अर्याल बन्धुहरुलाई एकै स्थानमा बोलाएर सामुहिक दशै मनाएको छ।

    परदेशमा भए पनि आफ्नो परम्परा कायम गर्दै आपसी सद्भाव र भातृत्वको विकास गर्ने उदेश्यले अर्याल परिवार नेपाल, युएई शाखाले बरदुबईको कंचनजंघा रेस्टुरेन्टमा भेला भएर सामुहिक दशै मनाएको अर्याल परिवार नेपाल युएई शाखाका अध्यक्ष कैलाश अर्यालले बताएका छन्।

    बिकेटु एसिया च्यानलको नियमित हास्यशृङ्खला बेसारेको मायाजालका व्यवस्थापक समेत रहेका कैलास अर्यालले परदेशमा भएर पनि आफ्नो संस्कृतिलाई जगेर्ना गर्न यस्ता क्रियाकलाप निरन्तर गर्नुपर्ने बताएका छन्।

    दशैको उल्लासमय वातावरणलाई थप रमाइलो बनाउन अजमान, डिआइपी, सोनापुर, सिलिकन ओयसिस, सत्वा लगायतका स्थानबाट अर्याल दाजुभाइ तथा दिदीबहिनीको उल्लेख उपस्थिति रहेको नेपाली समाज युएईका महासचिव तथा अर्याल परिवार नेपाल, युएई शाखाका सल्लाहकार वेदप्रसाद अर्यालले जानकारी दिएका छन्।

    कार्यक्रमको व्यवस्थापनको मुख्य भुमिका सल्लाहकार अर्यालले लिएको र अध्यक्ष कैलास अर्याल र अर्याल परिवार नेपाल शाखा युएईका सल्लाहकार तथा गुल्मी समाज युएईका पुर्वअध्यक्ष लक्ष्मण अर्यालले सबैलाई टीका, जमरा र आशीर्वाद प्रदान गरेका थिए।

    अर्याल परिवार नेपाल युएई शाखाको आयोजनामा पहिलो पटक मनाइएको यस सामुहिक दशै कार्यक्रममा पाल्पाली समाज युएईका कार्यवाहक अध्यक्ष ओमकुमारी खाँड लगायत अन्य आफन्त र मान्यजनहरु उपस्थित भएर आपसमा खुसी साटासाट गर्दै आगामी दिनहरुमा अझै बृहत तरिकाले नेपाली पर्वहरु सामुहिक रुपमा मनाउने प्रतिबद्धता गर्दै दशै मनाइएको छ।

    प्रवासको कामको चटारो र बिरानोपनलाई बिर्साएर खुसीको संचार भएको र नेपालमै परिवारकै साथमा बसेर दशै मनाएको अनुभुति भएको कार्यक्रममा सहभागी अर्जुन अर्यालले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...

    नेकपा एसमा विभाजनको संकेत, झलनाथ–घनश्याम समूहभित्रै एमाले फर्किने र नयाँ पार्टी बनाउने मतभेद

    काठमाडौं, कार्तिक १६ — नेकपा (एकीकृत समाजवादी) पार्टीमा झलनाथ खनाल र घनश्याम भुसाल नजिकका नेताबीच...