News Portal

झापाली समाज युएईको अक्षयकोष घोषणासभाको तयारी तीब्र, दाताहरुलाई सम्मान गरिने

हिमाली संचार संवाददाता
५०३ पटक

आरपी ढुंगाना
१० अक्टोबर २०१९ युएई।


वैदेशिक रोजगारीको क्रममा युएईमा कार्यरत झापालीहरुको सामाजिक संस्था झापाली समाज युएई असहाय बालबालिकाहरुको लागि अक्षयकोष स्थापना गरेको छ।

चार वर्षदेखिको यो अभियानले सार्थकता पाएका कारण आगामी असोज २८ गते कनकाई बहुमुखी क्याम्पस, सुरुङगामा झापाली समाज युएईले अक्षयकोष घोषणासभा तथा दाता सम्मान कार्यक्रम आयोजना गरेको कार्यक्रम आयोजक समिति सदस्य तथा प्रचारप्रसार संयोजक प्रदिपकुमार संग्रौलाले बताएका छन्।

संग्रौलाका अनुसार यो अभियानमा सहयोग गर्ने करिब १३० जति दाता र दाताका प्रतिनिधिहरुलाई सम्मान गरिनेछ।

कार्यक्रमको लागि पत्राचार, प्रचारप्रसार लगायत धेरै आन्तरिक कामहरु तीव्र रूपमा भइरहेको, कार्यक्रमको सफल व्यवस्थापनका लागि झापाली समाज युएई, नेपाल सम्पर्क समितिका अध्यक्ष जगत लुइँटेलको संयोजकत्वमा एक आयोजक समिति गठन गरिएको उनले बताएका छन् ।

विभिन्न सामाजिक गतिविधिहरु गर्दै आएको जानकारी गराउदै झापाको केन्द्रविन्दु पर्ने यस नगरपालिकाको मुख्य सहर सुरुङामा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ।

जिल्ला प्रसाशन कार्यालय झापामा सामाजिक संस्थाको रुपमा दर्ता रहेको यस सामाजिक संस्था विविध क्रियाकलापमा सहभागी भएर युएईमा रहेका झापालीहरुको आशा र भरोसाको केन्द्र बन्न सफल भएको छ।

यो समाजले झापामा रहेका गरिव, जेहेन्दार र असहाय बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उदेश्य लिएर १० लाख नेपाली रुपैयाँको अक्षयकोस स्थापना गर्न लागेको हो।

लक्ष्य १० लाख नेपाली रुपैयाँको अक्षयकोष भनिए पनि सोही दिन पनि दाताहरूले अक्षयकोषमा रकम हस्तान्तरण गर्ने भएका कारण अक्षयकोषमा संकलित सबै रकम सोही दिन घोषणा हुने अक्षयकोस संकलन समितिका सदस्य दुर्गेस सापकोटाले जानकारी दिएका छन्।

उक्त घोषणासभा तथा दाता सम्मान कार्यक्रममा उपस्थित भइदिनका लागि झापाली समाज युएईले सबै दाताहरू, आजिवन सदस्यहरु तथा सुभेच्छुहरुलाई अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...