News Portal

सांगितिक धमका मच्चाउन कुवेत आईपुगे रबि ओड र चक्र बम

हिमाली संचार डटकम
७२० पटक
कमल सिंह ठकुरी

१९ सेप्टेम्बर २०१९ कुवेत : नेपाल आईडल सिजन-२ का गायक रबि ओड र पप गायक तथा मोडल चक्र बम बुधबार कुवेत आईपुगेका छन।

सुदुरपश्चिमेली नेपाली समाज कुवेतद्वारा आयोजित “बृहत सांगितिक धमका” का लागी आफ्नो प्रस्तुति दिन गायकहरुद्वय ओड र बम कुवेत आएका हुन।

समाजले आफ्नो दोस्रो वार्षिकोत्सब तथा प्रथम अधिवेशनको साथ सांगीतिक धमाका २०१९ कार्यक्रमको आयोजना गरेर नेपालबाट अतिथि कलाकारहरु बोलाएको हो।

कुवेतको स्थानीय समयानुसार बेलुकी ७:५० बजे अन्तर्राष्ट्रिय बिमानस्थलमा उनिहरुलाई यहाँस्थित विभिन्न समाजका प्रतिनिधि, बुद्धिजीवी, कलाकार, पत्रकार र खेलाडी लगायत सोही समाजका पदाधिकारीहरुले भब्य स्वागत गरेका थिए।

साथै संस्थाका अध्यक्ष अमर खड्काले हवालीस्थित ब्वाईज स्काउट एसोसिएसन हलमा शुक्रबार आयोजना गरिएको सांगीतिक धमका सफल पारिदिन कुवेतस्थित नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लगायत समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार, खेलाडीहरु सबैमा उपस्थितिका लागि अनुरोध समेत गरेका छन।

सो सांगितिक कार्यक्रममा लोक पप गायक बिबि मल्ल ठकुरी, नेहा राई लगायत कुवेतका अन्य स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने कार्यक्रम संयोजक बिकाश सिंहले हिमालीसंचार डटकमलाई जानकारी दिए।

कार्यक्रम हुने :

समय : ११ बजे
मिति : २० सेप्टेम्बर २०१९ शुक्रबार
स्थान : ब्वाइज स्काउट एसोसिएसन हल हवाली
आयोजक : सुदुरपश्चिमेली नेपाली समाज कुवेत।

प्रतिकृया दिनुहोस्

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...