News Portal

सुदुरपश्चिमेली नेपाली समाजकाे दोस्रो वार्षिकोत्सबकाे तयारी पूरा

हिमाली संचार संवाददाता
९६४ पटक

कुवेत, ११ सेप्टेम्बर २०१९ : सुदुरपश्चिमेली नेपाली समाज कुवेतकाे दोस्रो वार्षिकोत्सब तथा पहिलाे अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको समाज अध्यक्ष अमर खड्काले हिमालीसंचार डटकमलाई जानकारी दिए।

सो समाजकाे दोस्रो वार्षिकोत्सब तथा पहिलाे अधिवेशन आउदो २० सेप्टेम्बर २०१९ मा कुवेतस्थित ब्वाइज स्काउट एसोसिएसन हल हवालीमा आयोजना गरिएको छ।

नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बमको साथमा बृहत सांगीतिक धमाका हुनेछ।

‘सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’ भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्थाले विभिन्न सामाजिक कार्यमा क्रियाशील रहदै आएको र यस २० सेप्टेम्बर २०१९ मा हुने भनिएको यो बृहत साँस्कृतिक कार्यक्रमबाट भएको आम्दानीलाई सुदुरपश्चिमेली नेपाली समाज कुवेतले सामाजिक सेवाका कार्यहरुमा नै खर्च गरिने अध्यक्ष खड्काले बताए।

उक्त साँस्कृतिक धमाकामा आफ्नो गरिमामय उपस्थिति जनाई कार्यक्रम भव्यरुपमा सफल बनाउन कुवेतमा क्रियाशील सम्पूर्ण संघसंस्थाका पदाधिकारी, बुद्धिजीवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी तथा सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आयोजकले अनुरोध गरेकाे छ।

तपशिल :

मिति : २० सेप्टेम्बर २०१९

समय : बिहान ११ बजे

स्थान : ब्वाइज स्काउट एसोसिएसन हल, हवाली

आयोजक : सुदुरपश्चिमेली नेपाली समाज, कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...