News Portal

  • कुवेत र नेपाल बिचको खेल भाेलि साँझ कैफान स्टुडियममा हुने

    हिमाली संचार संवाददाता
    ७०६ पटक

    कुवेत – फिफा विश्वकपको छनौट खेल भाेलि बिहीबार नेपालले कुवेतसंग कुवेतको कैफान स्टुडियममा कुवेतको स्थानिय समय अनुसार साँझ ७:४५ बजेदेखि प्रतिस्पर्धा गर्नेछन। उक्त खेलमा खेलाडिहरुलाई हौसला प्रदान गर्न कुवेतमा हुनुहुने सम्पुर्ण खेलप्रेमी नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ उपस्थितिका लागि हार्दिक अनुरोध छ ।

    कुवेत सिटिबाट खेलमैदान सम्म जान अाउनकाे लागि यातयातकाे व्यवस्था भएको गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) जनाएको छ ।

    नेपालका विभिन्न जातिय तथा सांस्कृतिक संस्थाहरुले आ आफ्नो जातिय पोषक र आफ्नो संस्थामा भएका नेपाली बाजाहरु जस्तै: ढोल, झ्याम्टा, मादल, डम्फु, नर्सिंगा, नेपाली झन्डाहरु लगाएतका बाजागाजाहरुसहित उपस्थित हुने रहेको छ। सोही निर्णयानुसार कुवेतमा कृयाशिल सबै संघ संस्था, तथा कार्यरत नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ उपस्तिथित हुनुहुन एन आर एन ए कुवेत हार्दिक अनुरोध गर्दछौँ।

    खेल मैदान सबैलाइ जानकारी नभएकोले गर्दा एन आर एन ए कुवेतले कुवेतसिटी मालियाबाट खेल मैदानसम्मका लागि थुप्रै यातायातका साधानहरु ब्यबस्था गरेको समेत यहाँहरुलाइ जानकारी गराउँदछौँ। यातायात भोलि ५ सेप्टेम्बर ६:३० बजेदेखी ८ बजेसम्म खेलमैदान ओहोरदोहोर गरिरहने जानकारी गराउन चहान्छौँ। यातायातका साधान मालियाको पानासोनिक टावरको पछाडी खाली पार्किङबाट लाग्ने र के एफ आसपास र अपोजिट साइडमा एन आर एन ए कुवेतका पदाधिकारिहरु समेत रहने भएकोले कृपया वहाँहरुलाई सम्पर्क पनि गर्न सक्नुहुनेछ।

    यो अन्तर्राष्ट्रिय स्तरको खेल हो। यस खेलमा सामिल कुवेती खेलाडिहरु र नेपाली खेलाडिहरु राष्ट्रका गहनाहरु हुन। राष्ट्रका गहनाहरुलाइ कुवेत सरकारले उच्च सेवा सुविधा र सुरक्षा नीति अपनाएको कारण खेल मैदान वरपर कुवेत पुलिसको निगरानी रहने जानकारी गराउँदै मादक पदर्थ सेवन तथा लिएर जाने वा उछृङखल कृयाकलाप नगर्नहुन सबै दर्शकबृन्दहरुमा हार्दिक अनुरोध गर्दछौं।

    कुवेत फुटबल एसोसिएसनका पदाधिकारीहरु र कुवेत पुलिस गेटमा रहनेछन। टिकट उनिहरुले नै बेच्नेछन। इमान्दारीता पुर्वक टिकट लिइ खेल हेर्दै समर्थन गर्नुभइ रास्ट्र र राष्ट्रीयताको सम्मान गर्नुहुन सबैमा हार्दिक अनुरोध गरिएको छ।

    टिकट दर १,२,३ के डि दिनारकाे हिसावले राखिएको छ। नेपालिहरुकाे लागि ।

    भोलि हुने कुवेत र नेपाल बिचकाे खेलडीहरु

    गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
    डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिपेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
    मिडफिल्डर : सुनिल बल, रवि पासवान, अन्जन विस्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ,विक्रम लामा, तेज तामाङ, सन्तोस तामाङ, विशाल राई, रोहित चन्द
    फरवार्ड : विमल घर्तीमगर, अविशेक रिजाल, नवयुग श्रेष्ठ

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...

    हाम्रो पात्रोलाई सामाजिक सञ्जालसँगै बन्द गर्ने सरकारी निर्णय विवादित

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका भन्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा लोकप्रिय एप...