News Portal

  • छोराको जन्मदिनको उपलक्ष्यमा स्वर्गीय आमाको नामबाट आर्थिक सहयोग

    हिमाली संचार संवाददाता
    १२२० पटक

    आरपी सहयात्री
    भदौ, १५ आइतबार : झापाली समाज युएईकी आजिवन सदस्य पुजा भेटवालले आफ्नो कान्छो छोरा आशिस पाठकको भदौ १२ गते परेको जन्मदिनको पावन अवसरमा असहाय बालबालिकाहरुको शिक्षामा समर्पित झापाली समाज युएईले स्थापना गर्न लागेको १० लाखको अक्षयकोषमा ५ सय ५१ दिराम (करिब १७ हजार रुपैयाँ) आर्थिक सहयोग जम्मा गर्ने घोषणा गरेकी छन्।

    विगत ३ बर्षदेखि युएईमा रोजगाररत झापा दमक नगरपालिका कृष्णमन्दिर माइतीघर र निजगढ-५ बाराकी स्थायी बासिन्दा पुजा भेट्वालले उक्त रकम २ वर्षअगाडि निधन भएकी आफ्नी आमा पार्वता भेट्वालको नाममा जम्मा गर्ने बताएकी हुन्।

    दमक नगरपालिकाका समाजसेवी व्यक्तित्व अग्नि भेट्वाल र स्वर्गीय माता पार्वता भेटवालकी कान्छी छोरी पुजा भेट्वाल हाल युएईबाट घर बिदामा नेपालमा रहेको बेला उक्त सहयोगको घोषणा गरेकी हुन्।

    झापाली समाज युएईले झापा जिल्लाका असहाय गरिव बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उदेश्यले प्रारम्भिक चरणमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्यका साथमा आफ्नो गतिविधि तीव्र बनाएको छ।

    समाजका साँस्कृतिक विभग प्रमुख तथा गायक पारस लामाको संयोजकत्वमा अक्षयकोष संकलन समिति बनाएर अक्षयकोषलाई पुर्णता दिन दाताहरूको अभिलेख राखी सबैलाई एक भव्य कार्यक्रमका बिचमा झापामा सम्मान गर्ने समाजको योजना रहेको छ।

    समाजको अभियानमा बिगत ३ वर्षदेखि सक्रिय सहयोग गर्दै आएकी भेटवालको मनकारी दानवीर व्याक्तित्वलाई आभार प्रकट गर्दै झापाली समाजले हार्दिक आभार प्रकट गर्दै सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेको छ।

    कोषमा उल्लेख रकम जम्मा हुने क्रम जारी

    वैदेशिक रोजगारीलाई अफ्रिकी मुलुक नाइजेरियामा रहेका झापा बुद्धशान्ति-५ बुधबारेका वेनुप्रसाद तिवारीले असहाय बालबालिकाहरुको लागि झापाली समाजले स्थापना गर्न लागेको अक्षयकोषमा तिवारीले करिब ३० वर्षअगाडि निधन भएका आफ्ना बुबा दाताराम तिवारीको नाममा १० हजार रुपैयाँ अक्षयकोषमा जम्मा गरेका हुन्।

    माता खगमाया तिवारी र पिता दाताराम तिवारीका दुई सन्तान (छोराछोरी) मध्ये छोरा वेनुप्रसाद तिवारी बिगत ८ बर्षदेखि नाइजेरियामा कार्यरत छन्।

    समाजको यसै अभियानमा झापा बुद्धशान्ति गाउँपालिका-३ का टीका कटेलले आफ्नो जन्मदिनको अवसर पारेर आफ्ना बुवा शिवभक्त र आमा विश्नुमाया र आफ्नै नाममा ७ हजार ५ सयका दरले १५ हजार रुपैयाँ र आफ्नो नाममा ५ हजार रुपैयाँ गरि जम्मा २० हजार रुपैयाँ अक्षयकोषमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

    गत फेब्रुअरी १ तारिखमा आफ्नो जन्मदिनको अवसरमा झापाली समाज युएई सारजा क्षेत्रीय समिति सदस्य प्रेमा सुब्बाले पनि नेपाली रुपैयाँ ५ हजार रुपैयाँ यही कोषमा सहयोग गर्ने प्रतिबद्धता गरेकी थिइन्।

    त्यसैगरी झापाली समाज युएईका संस्थापक उपाध्यक्ष राजेन्द्रकुमार दाहाल र श्रीमती तिलरुपा दाहालले पनि आफ्नी छोरीको जन्मदिनको अवसरमा आर्थिक सहयोग गरेका छन्।

    झापाली समाजले असहाय बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उदेश्य लिएर १० लाख रुपैयाँको कोष पूरा गर्ने अन्तिम तयारी गरिरहेको छ। यो अभियानमा करिब ७ लाख ५० हजार जम्मा भए पनि थप २ लाख ५० हजार नेपाली रुपैयाँ आवस्यक परेको कारण यथासक्य सहयोग गर्न समाजले आफ्ना आजिवन सदस्य, शुभेच्छुक तथा मनकारी दाताहरुलाई अनुरोध गरेको छ।

    समाजले आगामी दशै र तिहारको बिचको समयमा झापामा एक भव्य कार्यक्रम गरी अक्षयकोष घोषणा गर्ने तयारी गरिरहेको बताईएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    रसुवामा बाढीले विनाश : ५५ जना उद्धार, १८ अझै बेपत्ता

    काठमाडौं, असार २४ – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको जोखिम देखिएको छ...

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...

    नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार...

    तराईमा पानी नपर्दा खेत बाझै, किसान चिन्तित

    रविन्द्र बराल / मोरङ, असार २४ – मोरङको दक्षिणी भेगका कृषकहरू अहिले चिन्तामा छन् ।...