News Portal

  • कोरियामा भिजिट नेपाल २०२० को प्रचार गरेबापत शिवाकोटीलाई सम्मान

    हिमाली संचार संवाददाता
    ६०८ पटक

    कोरिया, ३० अगस्ट : दक्षिण कोरियामा गत शनिबार र आइतबार एशिया कल्चर फेस्टिवलमा भिजिट नेपाल २०२० को प्रचारप्रसार गरिएको छ। कोरियाको राजधानी सौलस्थित हेह्वामा हजारौं कोरियन साथै एसियन मुलुक सामु नेपाली झन्डा, नेपाली गीतसंगीत र नेपाली भेषभुषा झल्काउदै भिजिट नेपाल २०२० को प्रचारप्रसार गरिएको हो।

    कोरिया सरकार संस्कृति खेलकुद तथा पर्यटन मन्त्रालय सदस्य साथै स्थानीय प्रतिनिधि सभा सदस्यको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नेपालको तर्फबाट नवराज शिवाकोटीले सहभागिता जनाउनु भएको थियो। शिवाकोटी कोरियामा रहेका विभिन्न संघसंस्थामा आवद्ध भई विभिन्न सामाजिक कार्यमा अग्रसर रहदै कोरियामा व्यावसाय गर्दै आउनुभएको छ।

    नेपाली जनसहभागिता कम भएता पनि विदेशी नागरिकको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा भिजिट नेपाल २०२० बारे डकुमेन्ट्री सहित नेपाल सम्बन्धि केही संदेश मुलक जानकारी समेत गराइएको थियो। शिवाकाटीले बिदेशी नागरिक, कोरियन तथा एसियाली नागरिक सामु नेपालको बारेमा वर्णन गर्दै नेपाल भ्रमण गर्न आग्रह गर्नुभएको थियो।

    कार्यक्रममा प्रवासमा बसेर पनि आफ्नो देशको कला गीतसंगीत भेषभुषाको जगेर्ना गरे बाफत र दुइ देश बीचको सहयोगमा योगदान पुर्याएको भन्दै शिवाकोटीलाई कोरिया सरकार संस्कृति खेलकुद तथा पर्यटन मन्त्रालयले सम्मान गरेको थियो ।

    सम्मान पछि शिवाकोटीले आफ्नो धारणा राख्दै भने नेपाल सरकारले कोरियास्थित नेपाली दूतावाससंग सहकार्य गर्दै कोरियाको विभिन्न प्रमुख शहरहरुमा नेपाली खानाका परिकारहरु र नेपाल चिनाउने केही महत्त्वपूर्ण कार्यक्रमहरु राख्ने बाताबरण बनाइदिने हो भने आफू निःशुल्क रुपमा सहयोग गर्न तयार रहेको बताए।

    कार्यक्रममा नेपाली कलाकार र उपस्थित नेपाली समुदायलाई शिवाकोटीले धन्यवाद दिएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १६ गतेको राशिफल

    आज कार्तिक १६, २०८२ (नोभेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फोहोरमै उपचार : गंगाजमुना गाउँपालिकाको ग्रामीण अस्पतालमा सरसफाइ संकट र गैरजिम्मेवारी व्यवस्थापन

    धादिङ – गंगाजमुना गाउँपालिकामा रहेको ग्रामीण अस्पतालको अवस्था दयनीय बन्दै गएको छ। बिरामी राख्ने शय्यादेखि...

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...