News Portal

कोरियामा भिजिट नेपाल २०२० को प्रचार गरेबापत शिवाकोटीलाई सम्मान

हिमाली संचार संवाददाता
६७६ पटक

कोरिया, ३० अगस्ट : दक्षिण कोरियामा गत शनिबार र आइतबार एशिया कल्चर फेस्टिवलमा भिजिट नेपाल २०२० को प्रचारप्रसार गरिएको छ। कोरियाको राजधानी सौलस्थित हेह्वामा हजारौं कोरियन साथै एसियन मुलुक सामु नेपाली झन्डा, नेपाली गीतसंगीत र नेपाली भेषभुषा झल्काउदै भिजिट नेपाल २०२० को प्रचारप्रसार गरिएको हो।

कोरिया सरकार संस्कृति खेलकुद तथा पर्यटन मन्त्रालय सदस्य साथै स्थानीय प्रतिनिधि सभा सदस्यको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नेपालको तर्फबाट नवराज शिवाकोटीले सहभागिता जनाउनु भएको थियो। शिवाकोटी कोरियामा रहेका विभिन्न संघसंस्थामा आवद्ध भई विभिन्न सामाजिक कार्यमा अग्रसर रहदै कोरियामा व्यावसाय गर्दै आउनुभएको छ।

नेपाली जनसहभागिता कम भएता पनि विदेशी नागरिकको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा भिजिट नेपाल २०२० बारे डकुमेन्ट्री सहित नेपाल सम्बन्धि केही संदेश मुलक जानकारी समेत गराइएको थियो। शिवाकाटीले बिदेशी नागरिक, कोरियन तथा एसियाली नागरिक सामु नेपालको बारेमा वर्णन गर्दै नेपाल भ्रमण गर्न आग्रह गर्नुभएको थियो।

कार्यक्रममा प्रवासमा बसेर पनि आफ्नो देशको कला गीतसंगीत भेषभुषाको जगेर्ना गरे बाफत र दुइ देश बीचको सहयोगमा योगदान पुर्याएको भन्दै शिवाकोटीलाई कोरिया सरकार संस्कृति खेलकुद तथा पर्यटन मन्त्रालयले सम्मान गरेको थियो ।

सम्मान पछि शिवाकोटीले आफ्नो धारणा राख्दै भने नेपाल सरकारले कोरियास्थित नेपाली दूतावाससंग सहकार्य गर्दै कोरियाको विभिन्न प्रमुख शहरहरुमा नेपाली खानाका परिकारहरु र नेपाल चिनाउने केही महत्त्वपूर्ण कार्यक्रमहरु राख्ने बाताबरण बनाइदिने हो भने आफू निःशुल्क रुपमा सहयोग गर्न तयार रहेको बताए।

कार्यक्रममा नेपाली कलाकार र उपस्थित नेपाली समुदायलाई शिवाकोटीले धन्यवाद दिएका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...