News Portal

सुर्खेतका पुस्कर परियारलाई जनसम्पर्क समिति युएईले गर्‍यो उद्वार

हिमाली संचार संवाददाता
१०१७ पटक

आरपी सहयात्री
युएई, ३० अगस्ट : वैदेशिक रोजगारीको क्रममा युएईमा अलपत्र अवस्थामा रहेका सुर्खेतका पुस्कर परियारलाई नेपाली कांग्रेसको वैदेशिक सम्पर्क शाखा नेपाली जनसम्पर्क समितिले उद्वार गरी नेपाल फर्काएको छ। आफ्नो साथमा रहेको पासपोर्ट हराएका परियार विगत ३ महिनादेखि अलपत्र परेको अवस्थामा पार्कमा सुतेर दिन काटेर बसेका थिए।

नेपाली जनसम्पर्क समितिका पदाधिकारीले पार्कबाट उठाएर नेपाली दूतावासको सम्पर्कमा लगेर उद्दार प्रक्रिया थालेको युएईका सामाजिक अभियन्ता तथा नेपाली जनसम्पर्क समिति, अबुधाबी क्षेत्रीय सभापति दुर्योधन कार्कीले जानकारी दिए।

कार्कीका अनुसार परियारको नेपाल फिर्तीको लागि आवस्यक रकम करिब २ हजार दिराम (नेपाली ६२ हजार रुपैयाँ)पनि नेपाली जनसम्पर्क समितिले जुटाएको थियो भने परियार २९ अगस्टको हिमालयन एयरलाइन्सबाट नेपाल फर्किसकेका छन्।

उद्वार काममा सहयोग गर्ने नेपाली जनसम्पर्क समिति युएई, ग्रीनलाइन ट्राभलका संचालक ठाकुर ढुङ्गाना, अमृत कुबर, नरेन्द्र बेलबासे, कृष्ण गौतम, निर्मल पोखरेल, सुमन पराजुली, फडिन्द्र दाहालले विशेष सहयोग गरेको एनआरएनए आरसीसीका अबुधाबीका निवर्तमान अध्यक्ष समेत रहेका कार्कीले बताए।

परियारको नेपाल फिर्तीका लागि प्रसाशनिक कार्यमा सहयोग गर्ने नेपाली राजदूतवास, अबुधाबीका श्रम काउन्सिलर भेषबहादुर कार्की, श्रम सहचारी मोतिराम भुसाल लगायत दूतावास टिमलाई नेपाली श्रमिकको समस्यालाई समाधान गर्न योगदान गरेकोमा नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानी तिमिल्सिनाले आभार प्रकट गरेका छन्।

प्रतिकृया दिनुहोस्

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...