News Portal

तिज बिशेष कार्यक्रमको तयारी पुरा, पुर्णकला बिसीले धमाका मच्चाउदै

हिमाली संचार संवाददाता
११९६ पटक

कुवेत, २९ अगस्ट : हिन्दु नेपाली नारिहरुको महान पर्व हरितालिका तिज बिशेष कार्यक्रमको तयारी पूरा भएको नेपाल कुवेत साँस्कृतिक मन्च कुवेतका अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन।

साँस्कृतिक मन्च कुवेतको आयोजनामा भोलि ३० अगष्ट २०१९ शुक्रबारका दिन हुन गइरहेको हिन्दु नेपाली नारिहरुको महान पर्व हरितालिका तिज बिशेष कार्यक्रमका लागि चर्चित लोक तथा दोहोरी गायिका पुर्णकला बिसीलाई कुवेतको अन्तराष्ट्रिय बिमानस्थलमा साँस्कृतिक मन्चका पदाधिकारी लगायत कुवेतबासी नेपालीहरुले बुधबार भब्य स्वागत गरेका थिए।

गायिका बिसिले स्वर दिएका थुप्रै लोक तथा दोहोरी गीतहरु लगायत तिजका गीतहरु आम दर्शक श्रोताहरुको मनमुटु छुन सफल छन।

साँस्कृतिक मन्च कुवेतले आयोजना गरेको भोलि हुने १९ औं सांस्कृतिक कार्यक्रम तथा नेपाली नारिहरुको महान पर्व हरितालिका तिज बिशेष कार्यक्रमलाई सफल बनाउनको निम्ति कुवेतमा रहेका क्रियाशिल संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै कुवेतबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि साँस्कृतिक मन्चले अनुरोध समेत गरेको छ।

तपशिल :

कार्यक्रम : १९ औँ सांगीतिक धमाका(हरितालिका तिज कार्यक्रम)
मिति : ३० अगष्ट २०१९, शुक्रबार
समय : दिउँसो १२ बजे
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
आयोजक : नेपाल कुवेत साँस्कृतिक मन्च, कुवेत।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...