News Portal

लालीगुराँस परिवार कुवेतको अध्यक्षमा पुनः पौडेल, महासचिबमा बाबु मल्ल चयन

हिमाली संचार डटकम
७९२ पटक
हरि बहादुर बानियाँ

कुवेत, २३ अगस्ट : कुवेतस्थित फर्वानियाको अडीटोरियम हलमा लालीगुँरास सांस्कृतिक परिवारको कार्यक्रम नवौं वार्षिक उत्सव तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पुनः अध्यक्षमा माधव पौडेल चयन भएका छन ।

कुवेतमा हप्तैपिच्छे हुने कार्यक्रम मध्ये यो कार्यक्रम अलि फरक थियो । विशेष फरकमा लाखेनाच थियाे । पृथक ढंगले कृष्णजन्माष्टमी तथा लाखे नाचको साथ मनाएको थियोे ।

नेपाली राजदुतावासबाट महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी र बिशेष अतिथिमा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष सुजन केसी, आइसीसी सदस्य अमित चाम्लिङ राई लगायत अतिथिहरु विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रमको संचालक माधव शर्माले गरेका थिए ।अतिथिहरुलाई स्वागतका लागि संस्थाका प्रवक्ता इन्द्र थापाले मन्तब्य राखेका थिए।

प्रमुख अतिथि, बिशेष अतिथि तथा अतिथिहरुको हातबाट सामुहिक दिव्य प्रज्वलन गरे लगतै राष्ट्रिय गानको गुन्जन पछि कार्यक्रममा लालीगुराँस सांस्कृतिक परिवार कुवेतले संस्कार संस्कृति र कलाकारिता क्षेत्रमा पुर्याएको कार्यको प्रशंसा गर्दै प्रमुख अतिथि महामहिम दुर्गा प्रसाद भण्डारी, बिशेष अतिथि एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, आइसीसी सदस्य अमित चाम्लिङ, अतिथिहरु पत्रकार महासंघका उपाध्यक्ष नबराज पन्थी, आदिवासी जनजाती महासंघका अध्यक्ष अमृत तामाङ, माउन्टेन एभरेष्ट क्लबक अध्यक्ष इन्द्र पोखरेल, परदेशी खबरका प्रधान सम्पादक नैनकला राई, लालीगुराँस सांस्कृतिक परिवार  कुवेतका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार बीबी मल्ल ठकुरी, सांस्कृतिक मंच कुवेतका अध्यक्ष गोबिन्द बराल र जना-जागृति युवा समाज,कुवेतका अध्यक्ष टिकाराम आचार्यले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रममा भगवान कृष्णको पुजा गरि कृष्णजन्माष्टमी मनाउदै लालीगुराँस सांस्कृतिक परिवारका कलाकारहरुको टिमले लाखे नाचको प्रस्तुति दिएका थिए।

लालीगुराँस सांस्कृतिक परिवारले कुवेतमा उत्कृष्ट उद्घोषण गर्ने उद्घोकहरु सुरेश ग्याबा तामाङ, माधब शर्मा र भुवन सुवेदीलाई सम्मान गर्नुको साथै गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यमा कुवेतको तर्फबाट निर्वाचित हुनु भएका अमित राईलाई खादा ओढाएर सम्मान गरेका थिए त्येस्तै ५ जना महिलाहरु ललिता थापा मगर, कुमारी राई, सपना थापा मगर, देवी मगर र रोसनी परियारलाइ उपहारस्वरुप तिज कोसेली प्रदान गरिएको थियो।

कार्यक्रममाकाे सभापतित्व माधव पौडेलले गर्नु भएको थियोे। आज कृष्णाष्टमी परेको हुनाले साकाहारी खानाको समेत व्यवस्था गरिएको थियो।

सल्लाहकार समिति:

संरक्षकहरु -बि बि मल्ल, राजेन्द्र बिरहि, अरुण लिम्बू, अास्मा राई, अमित चाम्लिङ, ललिता थापा, सोम रसाइली, उमेश पुडासैनी

बरिस्ठ सल्लाहकारहरु – प्रेम कटुवाल, सुरेश ग्यावा तामाङ

सल्लाहकारहरु -मुक्त बहादुर बि.क, डि बि भुसाल, भोलानाथ पाण्डे

नयाँ कार्यसमिति यस्तो छ: 

अध्यक्ष – माधब पौडेल

उपाध्यक्ष – विष्णु सुनार

महिला उपाध्यक्ष – सपना थापामगर

महासचिव – बाबू मल्ल ठकुरी

सचिव – ललित बि.क

कोषाध्यक्ष – मधुसूदन न्यौपाने

सह-कोषाध्यक्ष – सुरेश सेन्चुरी

प्रवक्ता – ईन्द्र थापा मगर

महिला संयोजक – पवित्रा दाहाल

सदस्य हरु – मन नारायण श्रेष्ठ, रवि परियार, नसिव रायन, प्रिन्स रसाइली, दिपक पोखरेल, सन्त लम्साल, निर्मल लामा, रोशनि परियार

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...