News Portal

बिश्वकर्मा हेल्पिङ्ग हेन्ड कुवेतले गर्‍यो बागलुङकि हिरा परियारको उद्वार

हिमाली संचार डटकम
९१३ पटक
कमल सिंह ठकुरी

कुवेत, ९ अगस्ट : कुवेतको अलआदन हस्पिटलमा एक बर्ष देखि उपचाररत बागलुङ ढाेरपाटन नगरपालिका-१ बुर्तिबाङ्गकि ३९ बर्षिया हिरा परियारको बिश्वकर्मा हेन्पिङ्ग हेन्ड अराउन्ड द वल्र्डको सहयोगमा स्वदेश फर्काईएको हेल्पिङ्का संयोजक नवल खड्काथोकीले जानकारी दिए।

अलआदन हस्पिटलमा एक बर्ष देखि हिरा परियार प्यार्लाइसिस रोगबाट ग्रसित भएको हिरा परियारका आफन्त बल्लु परियारले बिश्वकर्मा हेल्पिङ्ग हेन्ड कुवेतलाई जानकारी गराएका थिए।

संस्थाका उपसंम्योजक अमित गौतमले नेपाली राजदुतावास कुवेतसंग समन्वय गरि उनको स्वदेश फिर्तिको निम्ति आवश्यक कागजी प्रक्रिया देखि हस्पिटलमा लागेको खर्च ४ हजार २ सय कुवेती दिनार (१५ लाख २० हजार) रकम मिनाह गरि स्वदेश फर्काउन सफल भएको जानकारी दिए।

बिरामी हिरा परियारको लागि समाजसेवी रुपेन बिक्रम हमालले हीलचियरको व्यवस्था समेत गरिदिएका थिए भने उनलाई स्वदेश फिर्तिको निम्ति टिकट तथा अन्य खर्च बिश्वकर्मा हेल्पिङ्ग हेन्डले नै उपलब्ध गराएको संस्थाका बरिस्ठ सल्लाहकार केबि बिश्वकर्मा गौतमले जानकारी दिए।

प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण कुवेतवासी नेपाली दाजुभाइ दिदिबहिनीहरु लगायत नेपाली राजदुतावास कुवेतलाई हेल्पिङ्ग हेन्ड कुवेतले धन्यवाद ब्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...