News Portal

बिश्वकर्मा हेल्पिङ्ग हेन्ड कुवेतले गर्‍यो बागलुङकि हिरा परियारको उद्वार

हिमाली संचार डटकम
८४८ पटक
कमल सिंह ठकुरी

कुवेत, ९ अगस्ट : कुवेतको अलआदन हस्पिटलमा एक बर्ष देखि उपचाररत बागलुङ ढाेरपाटन नगरपालिका-१ बुर्तिबाङ्गकि ३९ बर्षिया हिरा परियारको बिश्वकर्मा हेन्पिङ्ग हेन्ड अराउन्ड द वल्र्डको सहयोगमा स्वदेश फर्काईएको हेल्पिङ्का संयोजक नवल खड्काथोकीले जानकारी दिए।

अलआदन हस्पिटलमा एक बर्ष देखि हिरा परियार प्यार्लाइसिस रोगबाट ग्रसित भएको हिरा परियारका आफन्त बल्लु परियारले बिश्वकर्मा हेल्पिङ्ग हेन्ड कुवेतलाई जानकारी गराएका थिए।

संस्थाका उपसंम्योजक अमित गौतमले नेपाली राजदुतावास कुवेतसंग समन्वय गरि उनको स्वदेश फिर्तिको निम्ति आवश्यक कागजी प्रक्रिया देखि हस्पिटलमा लागेको खर्च ४ हजार २ सय कुवेती दिनार (१५ लाख २० हजार) रकम मिनाह गरि स्वदेश फर्काउन सफल भएको जानकारी दिए।

बिरामी हिरा परियारको लागि समाजसेवी रुपेन बिक्रम हमालले हीलचियरको व्यवस्था समेत गरिदिएका थिए भने उनलाई स्वदेश फिर्तिको निम्ति टिकट तथा अन्य खर्च बिश्वकर्मा हेल्पिङ्ग हेन्डले नै उपलब्ध गराएको संस्थाका बरिस्ठ सल्लाहकार केबि बिश्वकर्मा गौतमले जानकारी दिए।

प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण कुवेतवासी नेपाली दाजुभाइ दिदिबहिनीहरु लगायत नेपाली राजदुतावास कुवेतलाई हेल्पिङ्ग हेन्ड कुवेतले धन्यवाद ब्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...