News Portal

एनआरएनए जापानको युवा संयोजकमा राजकुमार अधिकारीको उम्मेदवारी घोषणा

हिमाली संचार संवाददाता
६९४ पटक

धादिङ्  जिल्लाको उत्तरी गाउँ गंगाजमुना गाउँपालिकाको फुलखर्कमा जन्मिएका अधिकारी सन २००७ देखि जापानमा रहँदै आएका छन् । अधिकारीले हाल जापानको नागोयामा व्यवसाय संचालन गर्दै आएका छन् ।सन २०१० देखिनै आफ्नो पेशा व्यवसायका साथ सामाजिक कार्यमा क्रियाशील अधिकारी एनआरएनए जापानको वर्तमान कार्यसमितीमा पनि सदस्य पदमा क्रियाशील  छन् । यसका साथै उनि धादिङ् समाज जापानको सल्लाहकार पनि हुन् ।जापानका विभिन्न सामाजिक संस्थाहरुमा स्वयमसेवा गरेका अधिकारी, जापानमा रहेका नेपाली विद्यार्थी/ कुक तथा अन्य विभिन्न भिसा स्टाटसमा रहेका व्यक्तिहरुको सेवामा निरन्तर लाग्दै आएका छन् ।

गैरनाफामुलक संस्थाको माध्यमबाट नेपालमा पनि आर्थिक तथा अन्य विविध सहयोगमा जुटिरहेका अधिकारी, जिम्मेवार पदमा रहेर अझ जिम्मेवारी पूर्ण कार्य गर्नका लागि पनि यस पटकको अधिवेशनमा सो, पदकोलागि आफ्नो दावेदारी रहेको बताउँछन् ।
नागोया क्षेत्रमा रहेर, एनआरएनए अभियानलाई भरपुर सहयोग गरिरहेका अधिकारी, केन्द्रीय समितीको युवा संयोजकको पदमा रहि जापानवासी गैरआवासीय नेपालीहरुको हकहितका लागि अझ बढि सक्रियताका साथ लाग्ने प्रतिवद्दताका साथ उम्मेदवारी घोषणा गरेको बताउँछन् । यदि आफु युवा संयोजक पदमा चयन भएको खण्डमा,एनआरएनए जापानको प्रत्येक क्षेत्रलाई समेटेर युवाहरुलाई सक्रिय बनाई जापानमा सिकेको सिप र गरेको आर्जनलाई जन्मभूमीको हितमा लगाउने बताउने अधिकारी, नेपालको पर्यटन प्रवर्द्धन तथा व्यवसायिक सम्बन्ध विस्तारका लागि महत्वपूर्ण भुमिका खेल्ने दावी गर्दछन् ।
सामाजिक रुपमा हालसम्म कुनैपनि आरोप नलागेका अधिकारी, एक स्वच्छ र ईमान्दार छबी भएको एनआरएनए अभियन्ता हुन् ।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...