News Portal

तमू समाज कुवेतको पहलमा कुवेती नागरिकलाई ब्लड उपलब्ध

हिमाली संचार संवाददाता
७२७ पटक

कुवेत – रगतदान जीबनदान कुवेती नागरिकता भए पनि आफुले चाहीएको ब्लड उपलब्ध गराउन नसकेपछी चाडो रगतको प्रबन्ध मिलाउन सके बिरामीलाई सकुसल राख्न सकिने डक्टर द्वारा जारी भए ।

कुवेतमा कार्यरत नेपाली समाजसेवी केदार नाथ खरेल,र गौतम आमागाई को कुवेती सँग राम्रो पहिचान भएको ले केदारनाथ खरेल,र गौतम आमागाई तमू समाज कुवेतको संपर्कमा आइ पुगे,बिपत्ती बुझे पछी समाजका पूर्व अध्यक्ष हाल समाजको सल्ल्हाकार खोप गुरुङ द्वारा तत्कालै सेन्ट्रल ब्लड बैंक,जाब्रियासँग संपर्क गरी तत्कालका लागि बिमारी (बिमारी कुवेती नागरिक khalid fahalid al gharib)लाई (९ युनिटAB-)ब्लड रगतको प्रबन्ध मिलाए ।

ब्लड बैंकको नियम अनुशार एकजना बिरामिलाइ 2 युनिट भन्दा बढी ब्लड उपलब्ध नसकिने भए पनि खोप गुरुङ को अनुरोधमा ९ युनिट ब्लड रगत उपलब्ध गराएको थियो। त्यस पस्चात उहाँको(Adan Hospital)मा अपरेशन पूर्ण स्वास्थ्य सफल शल्यकृया उपाचार भएको जानकारी प्राप्त भएको छ।

वास्तवमा ‘रक्त दान जीवन दान’ नै हो, तपाईं हामीले स्वेछिक रुपमा दान गरेको रगत द्वारा आज एक कुवेती नागरिकले पुनर्जीवन पाएको छ। यो भन्दा पहिले पनि समाजको पहलमा (७) जान भन्दा बढी लाई ब्लड उपलब्ध गराएको खोप गुरुङ जानकारी दिएको छ।

सम्पूर्ण रक्तदाताहरु सँग उन्को रगतको नाता गासिएको छ भलै चिनजान नै किन नहोस् ।अन्तम सम्पूर्ण स्वयंसेवी रक्तदाताहरु तमू समाज कुबेतपरिवार र ब्लड उपलब्ध गराउन हुने समाजका सल्ल्हाकार खोप गुरुङ,लगयत केदारनाथ खरेल,र गौतम आमागाई लाई कुवेती नागरिकले बिशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो

सम्पूर्ण स्वंयसेवी रक्त दाताहरुलाई हार्दिकताका साथ धन्यवाद दिन चाहन्छौ जस्ले हाम्रो अभियानमा साथ दिदै आफ्नो अमुल्य रक्तदान गर्नु भएको थियो। प्रबासमा तपाईं हामीले गरेको ‘रक्त दान’ आवश्यक पर्दा हामीलाई नै उपयोगी बनेर जीवन रक्षा गर्न सहयोग गरिरहेको जानकारी पनि गराउन चाहन्छौ।

मरभुमिको यो प्रबासमा बेशेस गरी कुनै पनि नेपालीहरुले रगतको अभावमा मृत्‍यु वरण गर्न नपरोस भन्ने हाम्रो चाहना एवं प्रयास हो । तमू समाज सल्ल्हाकार खोप गुरुङ बताउछन ।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...