News Portal

  • कुवेतमा बकर इदको अवसरमा म्याग्दी प्रवासी नेपाली संघले खुला भलिबल प्रतियोगिताको आयोजना गर्दै

    हिमाली संचार संवाददाता
    ८३२ पटक

    कुवेत, ४ अगस्ट : म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले बकर इदको अवसर पारेर खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको महासचिब चन्द्र गोतामेले हिमाली संचारलाई जानकारी दिए।

    उक्त प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कार क्रमश १०१ कुवेती दिनार, ६१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । भने उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र रहेको सह-कोषाध्यक्ष तथा खेलकुद प्रमुख तुल बहादुर पुनले जानकारी दिए।

    वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका भलिबल खेल प्रमी नेपालिहरुमा लुकेर रहेका प्रतिभा लाई प्रस्फुटन गराउन उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

    मोना कुवेतले स्थापना भएको छोटो समयमै सामाजिक कार्य संगै भलिबल खेलमा निकै सक्रिय रुपमा आगाडी बढिरहेको छ । भलिबल खेलमा म्याग्दी जिल्लाका खेलाडीहरुले जुनसुकै ठाउँमा पनि निकै उत्कृष्ट खेल प्रदर्शन गर्दछन ।

    कुवेतमा कार्यरत खेल प्रेमी खेलाडी लगायत सम्पूर्ण खेल प्रेमी नेपालीहरुलाई उक्त दिनको प्रतियोगितामा उपस्थित भइ खेलको शोभा बढाइदिनको लागि पनि आयोजकले आग्रह गरेको छ ।

    खेलका नियमहरु :
    १. खेलमा खेलाडीहरुको ९ जना सम्मको अनिवार्य नाम दर्ता गर्नु पर्नेछ ।
    २. खेलाडीले खेल मैदान प्रवेश गर्नु पुर्व खेलाडीको जर्सी अनिवार्य हुनु पर्नेछ ।
    ३. खेल संचालन हुनु पुर्व १५ मिनेट पहिले खेलाडी खेल मैदानमा प्रवेश गर्नु पर्नेछ ।
    ४. निर्धारित समय सम्म खेलाडी खेल मैदानमा उपस्थित नभए तुरुन्तै वाकओभर दिइनेछ ।
    ५. खेल नकाउटको आधारमा खेलाइने छ ।
    ६. टिम दर्ता गरि सकेपछी शुल्क फिर्ता हुनेछैन ।
    ७. खेल संचालनमा कुनै किसिमको वाद विवाद भएमा रेफ्री र आयोजकको निर्णय अनिवार्य हुनेछ ।

    खेलाडी टिमको दर्ता र खेल संचालनको लागि अन्तिम सम्पर्क, मिति र समय यस प्रकारको रहेको छ :

    स्थान – माबुल्ला खेल मैदान, कुवेत
    टिम दर्ता अन्तिम मिति : ११ अगष्ट २०१९ बेलुका ४ बजे सम्म ।
    खेल संचालन : १२ र १३ अगष्ट २०१९, बिहान ७ बजे देखि ११:३० बजे सम्म र मध्याह्न २:३० बजे देखि पुनः शुरु हुनेछ।

    सम्पर्कको लागि :
    वरिष्ठ उपाध्यक्ष – दिपक छन्त्याल – ६६०३२८८०
    महासचिब – चन्द्र गोतामे – ६७७९९१२७
    सह-कोषाध्यक्ष तथा खेलकुद प्रमुख – तुल बहादुर पुन – ९२२०६७०२
    प्रकाश सुन्दास – ९४१९७४५६
    खेम परियार – ६५५१९११६
    याम थापा मगर – ६०७८३२३३
    अर्जुन चोखाल – ६००५६८०३
    रन रसाइली – ६५१२४२०५
    जस घताने – …
    आयोजक : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेत।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    युक्रेनमा फँसेका दुई नेपाली नागरिक उद्धार

    काठमाडौं, असोज ३ – वैदेशिक रोजगारीको क्रममा भारत हुँदै युक्रेन पुगेका दुई नेपाली नागरिक सुरक्षित...

    राष्ट्रपति पौडेलः प्रतिनिधिसभा विघटन अपरिहार्य निर्णय

    काठमाडौं, असोज ३ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएको कारण...

    महेश बस्नेतले गरे सुधन गुरुङ एमालेमा आउन सक्ने दाबी

    काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको...

    देउवाको स्वास्थ्यमा सुधार, टाउकोमा १२ टाँका

    काठमाडौं, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारको...

    प्रचण्ड भन्छन्: निश्चित प्रक्रिया अपनाएर पार्टी नेतृत्व हस्तान्तरण गर्ने तयारीमा छु

    काठमाडौं, असोज ३ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व हस्तान्तरणका विषयमा आफू...