घरपरिवारसंग सम्पर्क बिहिन रहेकी धुर्बकुमारीलाई खोजिदिन परिवारको अपिल
कुवेत, १ अगस्ट : तीन वर्षअघि कुवेत आएकी खोटाङ मात्तिम -१ की धुर्बकुमारी राई १ बर्ष देखि सम्पर्क बिहिन भएको पत्रकार माधब शाहीले खबर पठाएका छन।
घरेलु कामका लागि २०७२ साल मंसिरमा कुवेत आएकी राई २ बर्षसम्म भने परिवारको सम्पर्कमा थिइन्। एक वर्षदेखि परिवारको सम्पर्कमा नरहेकी राईको अवस्थाबारे अहिले परिवारलाई केही जानकारी छैन। धन कमाउन भनेर विदेश गएकी दिदी बेपत्ता भएपछि राईको भाई गोपाल राईले दिदीको अवस्था पत्ता लगाइदिन नेपाली राजदुतावास कुवेत, कुवेतमा कृयासिल संघसँस्था, कुवेतवासी नेपालीलाई आग्रह गरेका छन् ।
यदी तपाईंहरुले फोटोमा देखिएकी धुर्बकुमारी राईलाई देख्नु भएको र चिन्नु भएको छ भने नेपाली दुताबास कुवेतको हटलाईन नम्बर 98869121 मा खबर गरिदिन अनुरोध गरिएको छ।

















