News Portal

एनआरएनए कुवेतको छैटौं राष्ट्रिय महाधिवेशनको तयारी पुरा

हिमाली संचार संवाददाता
७४२ पटक

कुवेत, ३० जुलाई : आउँदो २ अगष्ट २०१९ मा कुवेत सिटी स्थित INN & Go होटलको सभाहलमा आयोजना हुन गईरहेको गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक हरि लावतीले हिमालीसंचारलाई जानकारी दिए।

साथै पञ्जिकृति सदस्य भरेका कुवेतमा कृयाशिल सम्पूर्ण संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै पंजिकृत सदस्यहरु लगायत सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा निमन्त्रणा पठाई सकिएको यदि प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी उक्त कार्यक्रममा उपस्थितिको लागी गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले अनुरोध समेत गरेको छ।

साथै उक्त महाधिवेशनले एनसिसि कुवेतको नयाँ कार्यकाल (२०१९-२०२१) को लागि नयाँ कार्यसमिति चयन गर्नेछ।

     तपशिल :

मिति : ०२ अगष्ट २०१९
समय : मध्यान्ह १२:०० बजे
स्थान : INN & Go Kuwait Plaza Hotel,
Fahed Al-Salam Street, Kuwait City

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...