News Portal

एनसीसी कुवेतको युवा संयाेजकमा तामाङको उम्मेदवारी फिर्ता, उपाध्यक्षमा पुडासैनी, लामा र गिरीको कायमै

हिमाली संचार संवाददाता
९०९ पटक

कुवेत, २६ जुलाई : गैर अावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको अागामी कार्यकाल २०१९-२०२१ को लागि युवा संयाेजक पदमा उम्मेदवारि दिएका बुद्धिमान तामाङले अाफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । युवा संयाेजक पदका उम्मेदवार वुद्धिमान तामाङले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयुुक्त शिव कोइरालाद्वारा हस्ताक्षरित बिज्ञाप्तीमा जनाइएको छ।

एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्य समितिको लागि निर्वाचन समितिले गत २० जुलाइ २०१९ को दिन उम्मेदवारी दिने मिति घोषणा गरेकोमा युवा संयोजक पदको लागि बुद्धिमान तामाङ र नबराज पराजुलीको उम्मेदवारी परेको थियो ।

निर्वाचन समितिले मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाइ उम्मेदवारी फिर्ता गर्न बिहीवार सम्मको समय दिएको थियो । यस बिचमा नेपाल र नेपालीकाे लागि कार्य गर्न पद नै चाहिन्छ भन्ने छैन, पद बाहिर रहेर पनि काम गर्न सकिन्छ भन्दै बुद्धिमान तामाङले उम्मेदवारी फिर्ता लिएपछि युवा संयाेजक पदका अर्का प्रत्यासी नबराज पराजुली अागामी कार्यकालका लागि युवा संयोजक पदका लागि सर्वसम्मत भएका हुन् ।

उपाध्यक्षमा बर्तमान सचीव उमेश पुडासैनी, राणा ध्वज लामा र होम नाथ गिरीले उम्मेदवारी फिर्ता नलिएकाले भोटिङ हुने देखिन्छ भने आईसिसी सदस्य, अध्यक्ष, महासचिव र अन्य पदहरुमा सर्वसम्मत जस्तै नै उम्मेदवारी परेका छन। एनअारएनए एनसीसी कुवेतको छैटाै राष्ट्रिय महाधिवेशन अागामी २ अगष्ट २०१९ शुक्रबारका दिन कुवेतको मालियासिटीस्थित IN & GO Hotel मा हुँदैछ ।

(निर्वाचन समितिद्वारा जारी सूचना)

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...