News Portal

भागिरथ चापागाई बचाउ अभियानबाट कुवेतमा संकलित रकम आमा र श्रीमतीलाई पठाईने

हिमाली संचार संवाददाता
८९४ पटक

कुवेत, २६ जुलाई : कुवेतमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका बर्दघाट नगरपालिका वडा नम्बर १२ नवलपरासीका भागिरथ चापागाईं जुलाई १४ मा मृत्यु भएपछि भागिरथ चापागाई बचाउ अभियानबाट संकलित रकम चापागाईंका परिवारलाई दिइने भएको छ। लुम्बिनी समाज नेपाल कुवेतका कार्यवाहक अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा कुवेतको मालियास्थित एसिया होटलमा बुधबार बेलुका बसेको बैठकले सो निर्णय गरेको हो।

चापागाईंको मृत्यु भएपछी उनकी श्रीमती नेपाल जानको लागि हवाइ टिकट ८९ दिनार, उनको शव नेपाल पठाउन ३५० दिनार र नेपालमा शवलाइ दाससंस्कार गर्न २७७ कुवेती दिनार ८१० फिल्स खर्च भएको संस्थाले उक्त बैठकमा बताएको छ।

बचेको रकम भगिरथ चापागाईकी आमा र श्रीमतीको नाममा बराबर पठाउने समेत गरेको छ। संकलित ३ हजार ६ सय ४२ दिनार ५०० फिल्समा ७ सय १६ दिनार ८१ फिल्स खर्च कटाएर बाँकी २ हजार ९ सय २५ दिनार ६९ फिल्स मृतक चापागाईंकी श्रीमती र आमालाइ बराबर १ हजार ४ सय ६८ दिनार ८१० फिल्स प्रतिव्यक्ती दिने निर्णय भएको छ। उक्त रकम बुधबारको रेटमा १० लाख ५८ हजार हुन्छ। जसमा मृतक चापागाईकि श्रीमती र आमालाई प्रतिब्यक्ति ५ लाख २९ हजार रुपैयाँ बराबर पर्न जान्छ।

सो रकम लुम्बिनी समाजका प्रतिनिधि र स्थानिय जनप्रतिनिधिको रोहवरमा हस्तान्तरण गरिने समेत बताइएको छ। चापागाईंलाई ७ जनवरी २०१७ मा कुवेतको महाबुल्लामा बाटो काट्ने क्रममा कुवेती नागरिकको गाडीले ठक्कर दिएको थियोे।

यो पनि पढ्नुहोस।

कुवेतमा उपचाररत भागिरथ चापागाइको मृत्यु 

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...