अमेरिका, २४ जुलाई : दर्शन ठकुरी समाज न्युयोर्क अमेरिकाको अध्यक्षमा मिलनकुमार शाही चयन भएका छन। गत आइतबार न्युयोर्कस्थित कोरोना मिडो पार्कमा भेला भएका ठकुरीहरुले शाहीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको सदस्य लाल शाहीले हिमाली संचारलाई जानकारी दिए।
साथै समाजको उपाध्यक्षमा नगेन्द्र शाह र बिमला हमाललाई जिम्मेवारी दिइएको छ भने, सचीवमा टेक बहादुर बम र कोषाध्यक्षमा नरेन्द्र शाहलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै सदस्यहरुमा लाल शाही, शोभा हमाल, जीवन बम, टंक शाही, सुमन शाह, प्रबिण मल्ल, तिलक बम मल्ल, मिना मल्ल, सुरेश मल्ल, दिनेश जंग शाह, सुयश सेन र राजेश हमाल चयन भएका छन।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
