News Portal

नारी तिम्रो अदभुत क्षमतालाई सलाम !

तिमी प्यारी नारी हो कि, म्याग्दी दानाको अन्ध गल्छि भन्दा गहिरो स्याङ गारी हो ?

तिलक भण्डारी "कमल"
११०६ पटक

प्रेमको शब्द र परिभाषा गर्न पनि कठिन छ। मानब जन्म जात नै माया प्रेम र दया करूणा लिएर धर्तिमा पाइला टेकेको हुन्छ। तर अहलेको समय भनेको दया माया करुणा भनेको के हो भने प्रश्न खडा भएको छ? प्रेमको परिभाषा सबैका अलग अलग पृथक छन होला तर अहिले नेपाली समाजमा बिकारल रूप लिएर पैदा भएको छ।

प्रेमका शब्द जसरी जताबाट परिभाषित गरे पनि हामी नेपाली समाजमा अहिले धैरै अपाच्यको समय सृजना भएको छ। खोइ कताबाट यो बिषयमा शुरू त अन्त्य गर्ने हाम्रो समाज अन्योलमा गुरजिरहको छ। हामी सबै शिक्षित र योग्य भइसकेका छौ तर पनि हामी नजर अन्दाज गरी आफनो जीबनलाइ तहनहस हुनेगरी कार्य गर्न रोक्न सक्षम भएका छैन्यौ।

हिजोआज दैनिक बिबिध किसिमका माया प्रेमका समस्याको बिषयमा सामाजिक संजालमा छरपस्ट हुनेगरी बाहिर आउछन तर पनि यो किन र कसरी यस्तो समाज हुदै छ भने हामी कसैको चासो देखिदैन ? हामी तत्कालको घटना हेर्न सक्छौ आफनो प्रेम सफल बनाउनेको नाममा आफनो अमालाइ मार्नको लागी खेताला लगाइ हत्या गर्छन हाम्रो समाज हामी कता जादैछौ भाबि पिडिले अग्रजबाट कस्तो शिक्षा लिने यो नै हाम्रो चुनौतिको बिषय भएको छ। यो भने एउटा उदारण मात्रै हो यि र यस्ता कार्य धैरै भएका छन।

हामी लाखौ युवायुवति रोजगारीको लागी बिश्वका बिभिन्न देशमा कार्यरत छौ। आज हाम्रो मात्र एउटै चाहना हो कसरी सुखि र समृद्धि अर्थिकरूपमा सबल बन्ने र परिवारिक जिवन र भाबि सन्नततिलाइ राम्रो शिक्षा स्वास्थ्यको रोजगारीको पहुच ग्यारेन्टी गर्ने तर आज हाम्रो नेपाली समाज यस्तो छैन यस्को ठिक विपरित छ। चाहे युरोपका बिकशित मुलुक हुन या खाडि राष्ट्र परिवारिक सुखको नाममा जिवनमा भुल्न नसकिने गरी युवायुवति कुलतमा फसेको देखिन्छ।

हामी सजिलै अनुमान लगाउन सक्छौ कहि युवा पिडित कहि युवति पिडित जो जसरी भए पनि दुबै गलत यात्रा गर्दैछन भनेर अनुमान लगाउन सकिन्छ। युवा भन्दा पनि युवति बिशेष गरी नराम्रो सग कुलतमा फसेको देख्न सकिन्छ प्रत्येक गल्लीमा चाहे बिबाहित होस या अबिबाहित सबै यस्तै कुलत कार्यमा फसेको देख्न पाइन्छ। घरमा श्रीमान/श्रीमती छन र पनि यता लिभिङ टुगेदरमा फसेको छ अबिबाहित पनि यसरी नै फसेको छ कसैलाइ यो हेक्का छैन मेरो भोलि बिदेशको बसाइ पछि स्वदेशमा के हुन्छ भनेर ?

बस्न पनि कति नमिल्दो न उमेर न देश न भेष मिलेको छ त्यस्ता ब्यक्तिसग बसेर आफनो जवानी बलि दिएको देखिन्छ। अहिले भिन्न देशको मान्छे सग बसेर जवानी रित्याउने भोलि उसले आफनो स्वार्थ पुरा गरीसकेपछि छोडि जाने पक्का छ त्यसपछि म के गर्ने भन्ने हेक्का पनि छैन हामी नेपाली युवतिलाइ नेपाली कमाल इन्डिएन बङगाली हामीमाथि हमाल भएको पनि थाहा नपाउने हामी कस्तो नारी प्यारी नारी की दानाको अन्ध गल्छि भन्दा गहिरो स्याङ गारी यि यस्ता कुलत कार्यबाट सजग र सचेत रहन म सबैलाइ अग्रह र बिषेश अनुरोध गर्दछु।

हाम्रो मुलुक भन्दा बहिरको ब्यक्तिसगको बसाइ भनेको जवानीको मात्र प्रयोग हो त्यस भन्दा अन्य हामीलाइ केहि लाभ गर्दैन। भोलि यस्तो कार्यले नबज्यो बासुरी न रहयो बास मात्र हो। अर्को बुझ्न नसकिने कस्तो खेल हो फुटबल भन्दा पनि रोचक एउटा युवतिले पाँचवटासम्म घुमाउने सक्ने यो तिम्रो अदभुत क्षमतालाइ पनि सलाम छ। यस्को नतिजा पनि ख्याल राख्नु पर्छ कि पदैन। मेरो शरिर खरे खोलाको पानी जस्तै हो भनेर सुम्पनेको परिणाम भोलि खरे खोला बनेर नै समाप्त हुन्छ ।

अन्त्यमा हामी सबै युवायुवतिले हेक्का राख्नुपर्ने कुरा भनेको मात्र एउटै हो कुलत कार्यले राम्रो परिणाम होइन जिवनलाइ नै तहसनहस बनाउने छ। त्यसकारण समयमा नै सचेत र सजग भइ यि यस्ता कार्यबाट अलग रहनु नै उतम हुन्छ। नेपाली कर्मठ योग्य क्षमतावान निडर र बिश्वासिलो हुन्छन भन्ने सन्देश दिने काम गरौं।

[लेखक वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा कार्यरत छन।]

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...