News Portal

थाइल्यान्डबाट १० जना नेपाली विद्यार्थीको उद्धार गरी स्वदेश फिर्ता गराईयो

हिमाली संचार संवाददाता
६३४ पटक

         [सांकेतिक तस्बिर]

बैंकक, २२ जुलाई : थाइल्याण्डबाट १० जना नेपाली विद्यार्थीहरूको उद्धार गरी नेपाल फर्काइएको छ। बैंककस्थित नेपाली दूतावासले उनीहरुको उद्धार गरी नेपाल फर्काएको हो ।

काठमाडोंको बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज नामक कन्सल्टेन्सीमार्फत फूड एण्ड बेभरेज तालिमका लागि बैंककस्थिति इन्टरनेशनल होटेल एण्ड एयरलाइन्स बिजनेस स्कुल (आइ-एचएबीएस)मा फूड एण्ड बेभरेज तालिमका गएका उनीहरूले भने बमोजिमको तालिम र सुबिधा पाएका थिएनन् ।

उनीहरूले सम्झौता भएअनुसार तालिम तथा सुविधा नपाएपछि दूतावास गुहारेका थिए । बैंककस्थिति नेपाली दूतावासले साउन १ गते ३ जना र ३ गते ७ जनाको उद्धार गरी नेपाल फर्काएको हो ।

साथै दूतावासले कुनै पनि कन्सल्टेन्सीमार्फ विदेशस्थित शैक्षिक संस्था तथा इन्सिटच्युट र स्कूलमा तालिम र अध्ययनका लागि आउँदा विष्तृत जानकारी लिएर मात्रै आउन आग्रह गरेको छ। आफू जाने सँस्थाले विद्यार्थी वा प्रशिक्षार्थी भर्नाको अनुमति लिए नलिएको, भौतिक पूर्वाधार भए नभएको थाहा पाएपछि मात्रै थप प्रकृया अघि बढाउन दूतावासले सूचित गरेको छ।

दूतावासले जारी गरेको सुचना यस्तो छ :

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...