News Portal

थाइल्यान्डबाट १० जना नेपाली विद्यार्थीको उद्धार गरी स्वदेश फिर्ता गराईयो

हिमाली संचार संवाददाता
६०६ पटक

         [सांकेतिक तस्बिर]

बैंकक, २२ जुलाई : थाइल्याण्डबाट १० जना नेपाली विद्यार्थीहरूको उद्धार गरी नेपाल फर्काइएको छ। बैंककस्थित नेपाली दूतावासले उनीहरुको उद्धार गरी नेपाल फर्काएको हो ।

काठमाडोंको बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज नामक कन्सल्टेन्सीमार्फत फूड एण्ड बेभरेज तालिमका लागि बैंककस्थिति इन्टरनेशनल होटेल एण्ड एयरलाइन्स बिजनेस स्कुल (आइ-एचएबीएस)मा फूड एण्ड बेभरेज तालिमका गएका उनीहरूले भने बमोजिमको तालिम र सुबिधा पाएका थिएनन् ।

उनीहरूले सम्झौता भएअनुसार तालिम तथा सुविधा नपाएपछि दूतावास गुहारेका थिए । बैंककस्थिति नेपाली दूतावासले साउन १ गते ३ जना र ३ गते ७ जनाको उद्धार गरी नेपाल फर्काएको हो ।

साथै दूतावासले कुनै पनि कन्सल्टेन्सीमार्फ विदेशस्थित शैक्षिक संस्था तथा इन्सिटच्युट र स्कूलमा तालिम र अध्ययनका लागि आउँदा विष्तृत जानकारी लिएर मात्रै आउन आग्रह गरेको छ। आफू जाने सँस्थाले विद्यार्थी वा प्रशिक्षार्थी भर्नाको अनुमति लिए नलिएको, भौतिक पूर्वाधार भए नभएको थाहा पाएपछि मात्रै थप प्रकृया अघि बढाउन दूतावासले सूचित गरेको छ।

दूतावासले जारी गरेको सुचना यस्तो छ :

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...