News Portal

एनसीसी कुवेतको अध्यक्षमा केसीको उम्मेदवारी, महिला संयोजकमा रमिता योन्जन

नयाँ कार्यकाल २०१९-२०२१ को लागि ३२ जनाको उम्मेदवारी दर्ता

हिमाली संचार संवाददाता
८४५ पटक

कुवेत, २० जुलाई : एनआरएनए एनसीसी कुवेतको छैटौं महाधिवेशनमा नयाँ कार्यकालको विभिन्न पदको लागि ३२ जनाले उम्मेदवारी दिएका छन् । नयाँ कार्यकाल २०१९-२०२१ को लागि अन्तर्राष्टिय समन्वय परिषदको अध्यक्ष पदमा सुजन केसि तथा अन्तराष्टिय समन्यय परिषदको सदस्यमा पुनः अमित राइले उम्मेदवारी दिएका छन् ।

त्यसै गरि प्रथम उपाध्यक्ष पदमा हरि लावती, उपाध्यक्ष पदमा उमेश पुडासैनी, राणा ध्वज लामा र होमनाथ गिरीले उम्मेदवारी दिएका छन भने महिला उपाध्यक्ष पदमा अमृता बान्तवाले उम्मेदवारी दिएकी छन् ।

महासचिव पदको लागि मान बहादुर तामाड(दिल कुमार पाख्रिन) र सचिव २ पदको लागि जिबन कुमार बिक तथा माधव साहीले उम्मेदवारी दिएका छन् ।कोषाध्यक्षमा पुनः हर्क मोक्तानले उम्मेदवारी दिएका छन् भने सह कोषाध्यक्षमा पुर्ण प्रसाद श्रेष्ठको उम्मेदवारी परेको छ ।

युवा संयोजक पदको लागि नबराज पराजुली र नबिन लोप्चनले उम्मेदवारी दिएका छन् भने युवा सह संयोजक पदको लागि कसैको पनि उम्मेदवारी परेको छैन। महिला संयोजक पदमा रमिता योन्जनको उम्मेदवारी परेको छ भने महिला सह संयोजक पदमा माया राईले उम्मेदवारी दिएकी छन् भने कार्य समितिको सदस्य पदमा १५ जनाले उम्मेदवारी दिएका छन् ।

कुवेतको Inn & Go कुवेत प्लाजा होटेलमा आयोजना गरिएको एनआरएनएको छैटौं रास्ट्रीय महाधिवेशन अगस्ट २ मा हुँदैछ। अनलाइन सदस्यता फारम भरेका ६३१ जनाले सो महाधिवेशनमा सहभागी हुन पाउने निर्वाचन आयुक्त शिव प्रसाद कोइरालाले बताए।

नयाँ कार्यकालको लागि निम्न ब्यक्तिहरुको उम्मेदवारी परेको छ :

आइसीसी सदस्य : अमित राई
अध्यक्ष : सुजन केसि
प्रथम उपाध्यक्ष : हरि लावती
महिला उपाध्यक्ष : अमृता बान्तवा
उपाध्यक्ष : उमेश पुडासैनी, राणा ध्वज लामा, होम नाथ गिरी
महासचिव : मान बहादुर तामाङ(दिल कुमार पाख्रिन)
सचिव : जिबन कुमार बिक, माधव शाही
कोषाध्यक्ष : हर्क बहादुर मोक्तान
सह-कोषाध्यक्ष : पुर्ण प्रसाद श्रेष्ठ
युवा संयोजक : नबराज पराजुली, नबिन लोप्चन
महिला संयोजक : रमिता योञ्जन
महिला सह-संयोजक : माया राई

सदस्यहरु :

बम बहादुर बिष्ट, दामोदर बटाला, देबी बहादुर सुनुवार, प्रकाश राई, माधव पौडेल, गीता गुरुङ, प्रदिप कार्की, मनोज ढकाल, दल बहादुर बस्नेत, सोनाम लामा, जिबन सुनार, अनुशा राई, ध्रुब कुमार कार्की, प्रेम प्रसाद गुरुङ, मोहन कुमार पौड्याल, गाेविन्द पाैडेल

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...