News Portal

वारी बसेर पारीकालाई अगिज्याईयोस !

कमल सिंह ठकुरी
१००९ पटक

नेपालमा गरिबीका कारण धेरै जसो नेपाली युवायुवतीहरु दिनप्रतिदिन बिदेशीने गरेका छन। त्यस्तै गरिबीको चपेटामा परेको एक प्रतिनिधि पात्र म पनि हु। सुर्खेत जिल्लाको पुर्वी क्षेत्र साबिकको बजेडीचौर गाबिस हालको सिम्ता गाउँपालिका निवासी हु। म बिगत ८ बर्ष देखि बिदेश पलायन हुँदै आएको छु। सन २०११ मा रोजगारीको शिलशिलामा म युएई पुगेको थिए। जहाँ मैले बिदेशको पहिलो अनुभव बटुल्ने अबसर पाए। त्यहाँ रहदा थुप्रै बाधा-ब्यबधान पनि भोगेको थिए। मैले भोगेको पिडादायिक “प्रदेशिको चिट्ठी” अनलाइनखबर डटकमले पहिलोपटक प्रकाशित गरेको थियोे।

बिदेश रहेर फर्केकाहरुले नै बिदेशमा रहेका मान्छेको मर्म, पिडा र बाधा-ब्यबधान बुझ्दैनन भने अरु कस्ले बुझ्न सक्छ। यहाँ हामी रहरले होईन बाध्यताले सम्पर्क गर्न सकिरहेका हुदैनौ। किनकी हामीलाई खाना पकाएर खानदेखि काममा (डिउटी) जान समेत समय व्यवस्थापन गर्न हम्मेहम्मे परेको हुन्छ। त्यति मात्रै होईन हामीले कमाएको धन घरपरिवारलाई पठाईदिन जानुपर्ने समय समेत सोच्नुपर्ने हुन्छ।

कुनैबेला मेरो दिउँसो (१२ घण्टा) को डिउटी थियोे। म बेलुकीको समय पैसा पठाएर फर्किदै गर्दा अरेबियन देशकै नागरिकहरुले मलाई आकासे पुलको बाटो लखटेका थिए। बिहानै मलाई नियमित काममा (डिउटी)मा जानू थियोे। आकासे पुलको बाटो कोठासम्म फर्किन दुरी कम पर्थ्यो र रातिको समय हुदा पुलिस चेकिङमा पनि परिदैन्थ्यो। घुमाउरो बाटो जादा समय बढी लाग्ने भएकोले म आकासे पुलको बाटो जाँदै गर्दा लखेटिएको थिए। यो कुरा सहकर्मीहरुलाई पनि सुनाएको थिए पछि फेरि मेरो डिउटी राती परेकोले अहिले पैसा पठाउन देखि साथीभाइ तथा किनमेलका लागि दिउँसो जाने गरेको छु।

कम्पनीमा सार्वजनिक बिदाको दिन पनि मेरो छुट्टि नहुने र अहिले राती डिउटी परेकोले समय मिलाएर कुवेतको नेपाली समाजमा आयोजना गरीने सार्वजनिक कार्यक्रममा छिटफुट सहभागिता जनाउने गरेको छु। गत हप्ताको कार्यक्रममा बर्दियाकि ३९ बर्षिया माया आचार्य (नाम परीवर्तन)लाई भेटेको थिए। उहाँको पीडा पनि मेरो जस्तै थियोे। गरीबी र श्रीमान अस्वस्थ भएका कारण उहाँलाई २ छोरी र १ छोराको सुन्दर भबिस्यका लागी कुवेत आउनु बाध्यता भएको बताउनु भएको थियोे।

कतिपय दुख पीडाले बिदेशीएका हुन्छन भने कति त कुवेतलाई रमाइलो गर्ने, समय बिताउने, विभिन्न संघसंस्था खोलेर सामाजिक अभियान्ताको बिल्ला भिरेर म फलानो संस्थाको अध्यक्ष उठ्दैछु मलाई सहयोग गर्न भन्नेदेखि किट्टीपाटिको ग्रुप बनाएर रमाइरहेका भेटिन्छन। त्यति मात्रै होईन कुवेतको कानुनलाई बेवास्ता गरेर नेपालीहरु सार्वजनिक कार्यक्रममा जादा समेत मादक पदार्थ सेवन गरेका पाईन्छन। मादक पदार्थ किनबेच देखि सेवन गर्नु कुवेतको कानुनीरुपमा बर्जित मानिन्छ। कुवेतमा केही दिन अघि मात्रै बन्द कोठामा केही जोडीहरु मादक पदार्थ सेवन गरेर नाचिरहेको भिडियो अहिले संजालमा भाइरल भइरहेको छ।

कुवेत मुस्लिम देश भएकोले यहाँको रहनसहन, रितिरिवाज, कानुन, हावापानी लगायत नेपालको भन्दा बिलकुलै फरक छ। नेपाली कामदारहरुलाई यहाँका कतिपयले हेर्ने दृस्ठिकोण नै फरक पाईन्छ। यो समयमा दिउँसोमा गर्मी औधी हुने गर्छ भने रातिमा डिउटी भएका म जस्ता धेरैलाई अनेकन बाधा-ब्यबधान ब्यहोर्नु परीरहेको बेलामा पछिल्लो समय आफ्ना आफन्तलाई बिदेश पसेर बिर्सिएछौ, सम्पर्कमा किन आउदैनौ जस्ता शब्दहरु वरपरका छरछिमेकलाई सुनाएर वा संजालमा जथाभावी लेखेर घोचपेच गर्ने चलन बढ्दो देखिन्छन। कृपया वारी (नेपाल, भारत) बसेर सात समुन्द्र (खाडी) पारीका तपाईंका आफन्त, साथीभाई वा घरपरिवारका सदस्यलाई अगिज्याईयोस विनम्रता पुर्वक अनुरोध छ। तपाईंका ती काडारुपि शब्दहरुले घरवास छोडी परवास (प्रवास)मा दुख गरि गुजरा चलाईरहेका म जस्ता लाखौंलाई मनमा चोट अनि दिलमा खोट नलगाईदिइयोस फेरि पनि अनुरोध बिसाउछु।

([email protected])

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...