News Portal

अब पनि बन्द हडतालको राजनिति किन र केका लागी ?

तिलक भण्डारी "कमल"
६०४ पटक

राजनितिको नाममा बिभिन्न काल खण्डमा धैरै अधिहुरी आयो। हामी अनुमान गर्न सकिन्छ २००७ देखि २०७६ सम्म आइपुग्दा धैरै परिर्वतनका आवाज आयो बिबिध तन्त्र पनि परिर्बतन भयो तर तन्त्र नाम भनेको मात्र नेताका जिवनशैली परिर्बतन बाहेक अहिलेसम्म कुनै नेपाली नागरिकले गर्व गर्ने खालका काम भएको देखिदैन।

हामी एक सचेत नागरिक भएर सोच्ने बेला आएको छ । राजनिति किन र केका लागी गरिदैछ एकपटक हामी सबैले आफ्नो ठाँउबाट सोच्नु पर्छ यस्को अर्थ राजनिति गर्न हुदैन भन्ने होइन तर राजनिति गर्न नागरिकलाइ स्वत्रन्त्र छ तर स्वत्रन्त्रको नाममा संबिधानको बर्खिलाप हुने कार्य कसैले गर्नु र गराउनु हुदैन।

यदि साच्चै जनताको लागी राजनिति गर्ने हो कि ? ब्यक्तिबाद राजनिति गर्ने हो। जनताको लागी राजनिति गर्ने हो भने अब बन्द हडताल आंतक हतियार किन र कस्को लागी चहियो ? त्यसकारण अब हिसा हत्या आंतक राजनिति होइन खुल्ला प्रतिशपर्दाको नयाँ अबधारण सहितको खुल्ला मैदानमा बहस गरी अगाढि पढने कि ?

हामी २०५२ फागुनबाट सुरूवात भएको युद्वको यात्रा कति ठिक र बेठिक समिक्षा गर्ने समय आएको छ । त्यो लामो सर्घष र बलिदानबाट आज हामी नेपाली नागरिकले कस्तो खालको परिर्बतनको पाए? युद्रमा घाइते बेपता सहदात भएका नागरिक परिवारले कस्तो राहत प्राप्त भयो हिजो युद्व कमान्ड गरेको एक समुह राज्यसता समालेको छ त्यो समुहबाट ति सहित बेपता घाइते कस्तो राहात प्राप्त गरे त्यो एकपटक समिक्षा गर्न बिन्रम अनुरोध गर्दछु । हिजो सगै युद्वको लडाइमा जिवनको बाजि लगाएका कमरेडहरू मन्त्रालय समालेर बस्नु भएको छ अर्को योद्वा लडाइमा घाइते भएर आज उपचार नपाएर मलाइ उपचार गर्न आर्थिक अभाब भयो भनेर कुरा राख्दा अन्धो गोरूलाइ बाह्रा महिना हरियो जस्तो गरी कानमा तेल हालेर बस्ने? पिडित योद्वाले आत्म हत्या प्रयास गरेको तपाइ हामीले देखेको सर्ब बितित नै छ ।

हिजोको बन्दलाइ हामी अनुमान गर्न सकिन्छ यो बन्दले नागरिकलाइ कस्तो अनुभुति भयो र ज्यालदारी मजदुर गरी खाने नागरिकलाइ कस्तो असर भयो स्कुल कलेज पठन पाठन ले झन्डै असि लाख बिद्यर्थि पढन बाट बञ्चित भए सामुदायिक सताइस हजार र निजि सात हजार ठप्प भए? यसको प्रत्क्षय असर तपाइ हामीलाइ कि बन्दकर्तालाइ? आझको प्रश्न यहि हो?

अब खुल्ला बहस गर्रो राजनितिको नाममा जनतालाइ आंतक र भ्रमको खेति बन्द गर्रो हामी सचेत नागरिक भएर युबा मैत्रि बाताबरण बनाएर राजनितिको अध्या सुरु गर्रो यसैमा सबैको भलो र हित हुनेछ । अहिले हाम्रो मुलभुत समस्या भनेको बेरोजागरी हो यस्लाइ कसरी हल गर्न सकिन्छ यो यात्राको तय गरने प्रयाश गर्रो । अहिले सघियता आएपछि सततर जिल्लालाइ सात प्रदेश र सात सय त्रिपन्न स्थानिय निकाय बनाइएको छ।

बरू कसरी हुन्छ हरेक सक्षम नागरिकले आफनो प्रदेश र स्थानिय निकायमा उपल्बध स्रोत साधनको पहिचान गरी रोजगारी सृजना गर्रो शिक्षा स्वास्थ्य निशुल्क गर्रो बल्तकार हत्या जस्ता घटना गराउने पशु मानिसकतालाइ फासीको ब्यबस्था गरी सभ्य समाजको निमार्ण गरी लिक्वान र महाथिर जस्तो नेतृत्वको बिचार दर्शनलाइ ग्रहण गरौ। इतिहासको पाना पानामा आफनो कृति राखने प्रयत्न गरौ । पदको लोभ गरी आफनो सबै इज्जत प्रतिष्ठा समाप्त गर्ने प्रयास बन्देज गरौ ।

हामी क.मदन भण्डारीलाइ लिन सकिन्छ हिजो उहाको कार्यकालमा कुनै राज्यसता बसेर कुनै पद गहण गर्नुभएन तर आज उहाँ सबैको लोकप्रिय नेता हुनुहुन्छ । त्यसकारण अग्रजको बिचारलाइ मनन गरी सभ्य समाज निमाण गर्ने आजको आबश्यकता हो। सुन्दर शान्त बिशाल नेपाल निमार्ण गर्ने अभियानमा सरिक बर्नो यो नै आजको हाम्रो जन चाहाना हो ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...