News Portal

चेलिले दिएको भेलि र बोलिले दिएको गोलि

तिलक भण्डारी "कमल"
७५७ पटक

हाम्रो जीवनको उदेश्य के हो, हामी किन र केका लागी प्रदेशमा बस्न बाध्य र्छो । जस्ता बिषयको गहन अनुसन्धान आफैबाट शुरूवात गर्नुपर्छ । भनिन्छ समय, जवानी र बलापन बितिसकेपछि कहिले पनि पुर्न मिलन हुदैनन । त्यसकारण हाम्रो लक्ष्य उदेश्य के हो भन्ने जानकारी भएन भने प्रदेशिको जिवन न बज्यो बासुरी नरहयो बास हुने निश्चित छ ।

हामी लगभग प्रेदेशमा रोजगारी गर्ने भनेको ९५ प्रतिशत युवा छौ । युवाको जिम्मेवारी र भावि योजना के हो भन्ने हामी दुबिधामा छौ । त्यहि कारणले गर्दा हामी कुलत फस्ने र फसेको धैरै दृस्टान्त देख्न सकिन्छ ।

युवा भित्र भएको जोश जागर र कला उचति ठाउँमा प्रयोग नहुदा घरदेश छोडेर प्रदेश बस्ने मित्रहरु चेलिले दिएको भेलिमा रम्ने र रमाउने प्रवृति हाबि भएको छ । रम्ने र रमाउनेको पनि केहि सिमा र पावदि हुन्छन । तर यहाँ कार्तिकमा रमाउने कुकुर र कुकुर्नि जस्तो गरी गल्लि गल्लिमा देखिन्छ । त्यसैको परिणाम मुठभेडमा परिणत भएको दृस्टान्ट देख्न सकिन्छ ।

मुठभेडको अन्तिम नतिजा के प्राप्त हुन्छ भन्ने जानकारी नभएको हो कि म यहाँ बस्ने पशुपतिनाथमा छोडेको साडे जस्तो जस्लाइ देख्यो त्यसलाइ घोच्न कोप्न सकिन्छ भनेर आफनो नैतिकता गुमाएको भान हुन्छ । त्यसकारण मुठभेडको अन्तिम नतिजा भनेको माकुरीको जिवन चक्र जस्तै हो । माकुरीको जिवन चक्र लगभग हामी नेपाली सबैलाइ थाहा छ ।

सामाजिक अभियान्नको नाम लिने तर काम चाहि कंशको जस्तो गर्ने यो कृमार्थ मान्य हुदैन कसैलाइ पनि समाजिक अभियान किन, केको लागी भन्ने जानकारी नभएको हो की उदेश्य नै छलकपट हो बुझ्नै गाह्रो छ। मरूभुमिमा सहयोग नाममा आंतक मच्चाउने मित्रहरूको कमी छैनन । यदि समाजिक अभियान थाहा छैन भन्ने आझैबाट यस्ता सघंसस्था बन्द गनुहोस त्यसैमा सबैको भलो र जय हुन्छ।

सहकार्य र सहयोग नाममा उच्च शिक्षा लिएका भनाउदाहरू त्यहि कार्यमा घाउमा मलम लगान तत्पर देखिन्छ । तिम्रो उच्च शिक्षाले मात्र साक्षरता बाहेक अरू केहि प्राप्त गरेको देखिन्न यदि उच्च शिक्षा प्राप्त भएको प्रमाण पत्रले उचित ठाउँमा प्रयोग आउदैन भने यसको काम घरमा दराज भरने बाहेक यस्को कुनै अर्थ छैन । त्यसकारण मैले शिक्षा लिएको यहि कंश बन्नलाइ हो कि शब्य र पृथक समाज निमार्ण गर्नको लागी एकपटम बिदृवान मित्रहरुले समिक्षा गर्नुहोस ।

हामी सबैको कर्त्वय र दाइत्व भनेको शब्य र पृथक समाज निमार्ण गर्नु हो त्यसकारण हामी सबै सजग हुनु पर्छ हामीले कहिल्य पनि आफनो धरातल बिर्सने काम गर्नु र गराउनु हुदैन। सकिन्छ भने राम्रो र पृथक काम सिकाउने काम गनु उचित हुन्छ होइन सकिदैन यस्ता कुकर्म आफु पनि नगरौ अरूलाइ पनि बन्देजको लगाम लगाउ ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...