News Portal

कांग्रेस नेता पंगेनीको निधन, पार्टीले लोकतन्त्रको पहरेदार गुमायो

हिमाली संचार संवाददाता
९८७ पटक

राधाकृष्ण डुम्रे
स्याङ्जा – नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति कमलप्रसाद पंगेनीको ५६ वर्षको उमेरमा हृदयघातबाट निधन भएको छ ।

भीरकोट नगरपालिकास्थित एक कार्यकर्ताको घरमा शनिबार राति सुतिरहेको अवस्थामा हृदयघातबाट उहाँको ज्यान गएको हो । स्याङ्जाको साविक खिलुङ देउराली गाविसमा २०१९ साल जेष्ठ १९ गते जन्मिएका पंगेनी २०३३ सालदेखि नेपाल विद्यार्थी संघ मार्फत राजनीतिक आन्दोलनमा होमिएका थिए । उहाँ संविधानसभाको दोस्रो निर्वाचन २०७० मा नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नम्बर २ बाट विजयी हुनु भएको थियो ।

२०४२ सालमा पंगेनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बन्नुभएको थियो । कांग्रेस स्याङ्जाको राजनीतिमा प्रतिभाशाली नेतामा रुपमा देखिएका पंगेनी २०६०, २०६७२०७२ मा गरी तीन पटक स्याङ्जा कांग्रेस सभापति बन्नु भएको हो । अन्तरजातिय प्रेम विवाह गरेका पंगेनीका एक श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।

नेपाली कांग्रेस स्याङ्जाको पार्टी कार्यालय परिसरमा राखिएको पंगेनीको पार्थिक शरिरमा पार्टीको झण्डा ओढाएर कांग्रेस सभापति शेरबहादुर देउवा, उप–सभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, शेखर कोइराला, गोपालमान श्रेष्ठ, नेता धनराज गुरुङ, नेता गगनकुमार थापा, नेता प्रदीप पौडेलले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेस सभापति देउवाले पंगेनीको निधनले कांग्रेस र देशलाई अपुरणीय क्षति पुगेको बताउनुभयो । लोकतान्त्रिक बाटोबाट नागरिकको विकासमा पंगेनीले लिएको मार्ग मार्फत नागरिकको सेवामा आफूहरु समर्पित भएर लाग्ने देउवाले बताउनुभयो । देउवाले एक लोकतन्त्रको पहरेदार गुमाएकोमा दुःख व्यक्त गर्नुभयो ।

पंगेनीको आइतबार नै रामनदीधाम राम्दीमा सनातन परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको कांग्रेस स्याङ्जाका सचिव कुमार रानाले जानकारी दिनुभयो । उज्यालो अनलाइन 

प्रतिकृया दिनुहोस्

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...