News Portal

नेपालीको मन मुटुमा बस्न सफल रमेश प्रसाईं !

रमेश प्रसाईलाई आँखा होईन जीवनभर साथ दिने सहयात्री चाहिएको छ।

कर्ण अधिकारी
६१४ पटक

पब्लिक स्पिकर सिजन २ मा वजनदार आवाज दिएर उपाधी चुम्न सफल हुनु भएका रमेश प्रसाई उमेरले भर्खर २५ मा कुदि रहेका छ। भाग्यको खेल भनौ वा प्रकृतिको नियति जन्मदै आँखा बिना जन्मिएका यिनले यस धर्तिलाई बाहिरी आँखाले देख्न नपाए पनि भित्री आँखाले भने खुबै ध्यान चित्त भएर अवलोकन गरी रहेका छन्। सामाजिक संजाल फेसबुक मार्फत रातारात चर्चामा आउन सफल भएका प्रसाई आजकल नेपालका अनलाईन पोर्टलहरूमा जताततै छ्याप छ्याप्ती भेट्दछौ। आँखा नभए र के भोर आज रमेश प्रसाई हरेक नेपालीको मन मुटुमा बस्न सफल भएका छन्।

कम्युनिष्ट बिचार धारा बोकेका प्रसाईले अहिले सम्म कुनै पनि पार्टीको झण्डा बोक्ने काम चाँहि गरेका छैनन् । गरीवीको रेखा मुनी जन्मिएका प्रसाई आफु गरीव हुँदा हुँदै पनि रवि लामिछानेले बनाउन लागेको कालीकोट स्थित रास्कोट सामुदायिक अस्पताललाई ७५ हजार नेरू सहयोग गरी सकेका छन्। महाकवि लक्ष्मी प्रसाद देवकोटाको बिचार संग मिल्दा जुल्दा प्रसाई आफु नखाएर भए पनि दिन दुखीलाई सहयोग गर्न तल्लिन रहन्छन्।

राष्ट्र र राष्ट्रियता प्रति सदा सर्बदा अभिप्रेरीत भएर आफ्ना अभिब्यक्ति दिने प्रसाईले देश प्रेमी नेता र देश भक्तको खुलेरै प्रशंशा गरे पनि भ्रष्ट्राचार, दलाल, बलत्कारी र हत्याराहरूको खुबै आलोचना गर्छन। राम्रा र मिठास पूर्ण कविता पनि बाचन गर्ने प्रसाईको गीत संगीत प्रति पनि त्यति नै मोह छ। नेपालका केहि कलाकार र नेताहरूको समेत क्यारीकेचर गर्ने प्रसाई मिलनसार पनि त्यति नै छन्। राजनैतिक, सामाजिक एवं बिदेशका बारेमा पनि चासो राख्ने प्रसाईले भावी दिनहरूमा अझै दमदार प्रस्तुति दिनेछन्।

आजकल सामाजिक संजालहरूमा प्बलिक स्पिकर रमेश प्रसाईलाई मिल्छ भने म आँखा दिन समेत तयार छु भन्ने सपोटरहरू पनि भेटिएको छ। जसले ती अभिब्यक्ति दिए उहाँ प्रति सम्मान छ तर जसरी रमेश प्रसाईको आँखा नभएर पनि भित्री मनको आँखाले संसार नियाल्दै आफ्नो आवाजबाट सबैलाई मन्त्र मुग्ध बनाई मन जित्न सफल भए सायद आँखा भएको भए यसरी चर्चामा आउने थिएनन होला। रमेश प्रसाईको पहिचान नै यही हो। मलाई लाग्छ आँखा दिनु सम्भाबित कुरा पनि होईन यो त केवल भावना मात्र हो। यति खेर २५ बर्षका रमेशलाई आँखा भन्दा पनि उहाँको जीवनमा सारथी बनि दिने असल र बुझकी जीवन साथीको खाँचो छ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...