News Portal

  • युवा संघहाक्नेहरू पशुपति शर्माको गीतमा नअल्झिएकै राम्रो

    कर्ण अधिकारी
    ५९५ पटक

    लोक तथा दोहोरी गायक पशुपति शर्माको “लुट्न सके लुट कान्छा” भन्ने गीत सामाजिक संजाल र युट्युवमा भाईरल भए संगै पशुपति शर्मा राता रात लोक दोहोरी गायकबाट जनबादी गायकको समेत पगरी गुथ्न सफल भए । बिगतमा जनबादी गायक भनेर चिनिएका जनबादी गायक जीवन शर्माको सिमली छायाँमा बसी भरीया लामो सास फेरेको भन्ने बोलको गीत झै लुटन सके लुट कान्छाले चर्चा पायो।

    यो गीतले सितल निवास देखि सिंहदरबार सम्म हल्लाउन त सफल नै रह्यो अझै स्वदेश तथा बिदेशमा रहेका नेपालीको मन मस्तिष्कमा बस्न समेत सफल भयो।लोक गायक शर्माको यो गीतले २४ घण्टा बित्न नपाउदै ३ लाख भन्दा बढी भ्युअर पायो र यो ट्रेनिङ १० भित्र समेत पर्न सफल भयो।

    यो गीतले नेपाल सरकारको बास्तबिक चरीत्रको चित्रण गरी रहदा पूर्व एमालेको भातृ संगठन युवा संघले बिरोध गर्दै बिज्ञप्ति पनि निकाल्यो र पशुपति शर्मालाई ठाडो आदेशमा यो गीत युट्युवबाट हटाउन लगायो त्यो पनि सरकारको निर्देशनमा ।

    लगभग ३ करोडको हारहारीमा रहेको नेपाली नागरीकहरू न त कम्युनिष्टका पेवा हुन न त काँग्रेसको नै । यी जनता त जसले हक हितका लागि काम गर्छन त्यसैको पछि लाग्छन।आज एउटा गायकले सरकार र तिनका कर्मचारी साथै पार्टीका कार्यकर्ताको चरीत्रलाई गीतबाट झटारो हानी रहदा काँग्रेसका सांसदले पुरस्कार घोषणा गर्यो भने कम्युनिष्टका भातृ संगठनले काँग्रेस देख्यो आखिर जसले जे जे देखे पनि गायक शर्मा न काँग्रेस हुन न त कम्युनिष्ट बिरोधी नै यिनी त केवल नेपाली जनताको ढुकढुकी हुन।

    सरकारले गीतमा प्रतिबन्ध लगाए पनि आज माईती घर मण्डला देखि दुर दराज हुँदै प्रवासमा रहेका नेपालाहरूको जमघटमा समेत बज्न थालेको छ। युवा संघका अध्यक्ष रमेश पौडेलले पशुपति शर्माले कुकुर सम्म भन्न भ्याएको भन्दै सामाजिक संजाल र अनलाईन पोर्टलहरूमा खुबै कुर्लिए।यो गीतमा नेकपाकै साथीहरूलाई मात्र कुकुरको संज्ञा त दिएको छैन होला त्यो त केवल गीतको भावमा मात्र हो यसलाई नै ठूलो इस्यु बनाएर बिज्ञप्ति निकाल्नु दुर्भाग्य नै हो । अझै भन्ने हो भने कुकुर त बफादार प्राणी हो तर हामी मानव अबसरबादी छौ।

    पशुपति शर्माले राष्ट्रपतिलाई इंकित गर्दै डेढ अरबको हेलिकोप्टर चढ्ने,मन्त्रीहरू भ्रष्ट्राचार गर्ने,सरकारी डाक्टरहरू प्राईभेट क्लिनिक खोलेर लाखौ कमाउने सरकारका कर्मचारी राता रात करोडौको महल बनाउने,पार्टीका कार्यकर्ता एक आपसमा बाडी चुडी खाएर मोटाउने तर नेपाली जनता भने गाँस,बास र कपास नपाई बाच्नु पर्ने र उपचार नपाएर अकालमै मर्नु पर्ने कुरा चित्रण गर्दै एक राजा हटे पनि कयौ राजा जन्मिए साथै यस्तो

    यमराजको सासन चाहिदैन भन्दै झटारो हानेकै हुन तर यति राम्रो सन्देश मुलक गीतलाई नराम्रो सोच्ने नेकपाका नेता कार्यकर्ता के भन्ने ? सायद आज काँग्रेसको सरकार देशमा भएको भए काँग्रेसले पनि त्यहि भन्थ्यो की ?

    पशुपति शर्माले यो गीत गाई रहदा नेपाली काँग्रेसका माननीय सांसदहरूले पनि पुरस्कार घोषणा गर्नुले के अब पशुपति शर्मालाई पनि डा. गोबिन्द केसी लाई झै काँग्रेसको ट्याग भिराउन खोजेकै हो त ? यदि काँग्रेसले यसो गर्यो भने पनि त्यो गम्भीर हुने छ।पशुपति शर्मालाई राष्ट्रको गहना हो भनी सम्मान गर न की काँग्रेस भनेर होईन ।

    भोलीका दिनमा काँग्रेसका काम कार्बाहीको बिरूद्धमा गीत बनाएर गाए कम्युनिष्ट भन्ने ? तसर्थ यस्ता कुरामा अल्झि रहनु भन्दा समग्रमा लुट्न सके लुट कान्छा गीत नेपाली जनताको मन मस्तिष्कमा बस्न सफल भएको छ। लोक गायक पशुपति शर्माको सांगितिक यात्राहरू यसरी नै अनबरत रूपमा अगाडी बढ्दै जाउन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...

    रवि बाहिरिएपछि मात्रै हस्ताक्षर गराइयो : जेलर जोशीको खुलासा

    काठमाडौँ, कार्तिक १८ – जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु...