News Portal

किरात येलेदोङ संमवत ५०७९ औ भव्य रुपमा मनाउँदै

हिमाली संचार संवाददाता
५८७ पटक
सञ्जिब कोयी

मकाउ, १५ जनवरी : किरात समुदायमा माघको पहिलो दिन किरात नयाँ वर्षका रुपमा येलेदोङ मनाउने प्रचलन छ। किरात येलेदोङ माध महिनाबाट संवत् परिवर्तन हुने गर्दछ। आजबाट येलेदोङ ५०७८ पुरा हुदै येलेदोङ ५०७९ शुभारम्भ हुदैछ। किरात जनसमुदायमा विशेष गरेर जंगलबाट वनतरुल खनेर ल्याई आफ्ना अग्रजको हातबाट काँचो तरुलको भित्री सेतो भाग हातको नङले कोट्याएर निधारमा वनतरुलको सेतो टीका लगाउदै येलेदोङ नया वर्ष मनाउने परम्परा छ।

आज धरघरमा वन तरुल, घर तरुल, सिमल तरुल, सुठुनी, पिडालु, बदाम, करेलाको जरा, गिठा, भ्याकुर आदि माटोमुनि फल्ने कन्दमुलहरु उसिनेर खाने चलन छ। इतिहासको पन्नामा लेखिएको रावा खोला मेरो गाउको शीर हुदै मेरै गाउको छातीबाट बगेर दुधकोशी पुग्न हत्तारीदै उर्लेर बगी रहेको छ। सेदेलकै मुन्धुमी नामी कुवि/नक्छो गङ्गट्या कान्छा यो पंतिकारको नजिकको आफन्त साईनोले बाजे पर्नु हुन्थ्थो अहिले सुप्तुलु पकुलु पारोलोकमा मुन्धुम फलाक्दै हाम्रो समुदायको निम्ति दाखो/रिसिवा फलाक्दै हुनुहुन्छ भन्ने विश्वास गरेको छु। वहालाई मेरो अन्तर हृदयबाट सम्झन चाहान्छु। भन्नु हुन्थ्यो यो रावा खोलामा झिसमिसेमै दुध कुण्डमा झललल बत्ति बलेर बग्दै जान्छ जस्ले देख्छ र समात्न सक्छ। ऊ असाध्यै भाग्यमानी हुने कुरो यो पंतिकारलाई कुनै बेला बताउनु भएको थियो।

आज झिसमिसेमै मुलुकको विभिन्न तिर्थस्थल र देवघाटहरुमा स्नान गरी फलफुल र तरुलहरु मात्र ग्रहण गरी भक्ति आराधना गर्ने चलन रहेको हुनाले ब्रत बस्ने प्रचलन समेत रहेको छ। यसरी वर्तालुहरु वर्त बसी पुजा पाठ गरी पुण्य प्राप्त गर्न विभिन्न स्थानहरुमा धर्मलम्विहरुको धुईचो समेत लाग्ने गर्दछ। आज मेरो गाउको त्रिवेणी मेला पनी पुन सुरु भएको छ।

किरात समुदाय भित्र पछिल्लो समय येलेदोङ नयाँ वर्षलाई सांस्कृतिक अभियानको रुपमा स्थापित गर्ने प्रयास हुदै गई रहेको छ जसले गर्दा नयाँपन थपिएको छ। नेपालको इतिहासमा गोपालवंशी, महिषपालवंश, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हुँदै वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विकसित भएको नेपाली सभ्यता र विकासको आरम्भ मूलत किरात कालमा सुभारम्भ भएको विशेष तथ्यहरु उल्लेख भएको पाईन्छ।

ईतिहासमा उल्लेख भए अनुसार किरात शासनकाल सात सय वर्ष सम्म रहेको थियो। किरात जाति “याक्खा, सुनुवार, लिम्बु, राई, जिरेल, सुरेल, थामी, धिमाल, हायु” आदि किरातकालिन सभ्यताका विभिन्न आयामहरू मध्ये किरात येले संवत् महत्वपुर्ण संवत हो भनेर विश्वास गर्दछन्। किरात येले संवत् किरात पहिचानको एउटा महत्वपुर्ण कडीका रूपमा पनी लिएका छन्। यी जाति र तिनका विभिन्न सामाजिक संस्थामार्फत् किरात येले संवतलाई पछिल्लो समय व्यापक रुपमा प्रचलनमा ल्याउने प्रयास हुदै आई रहेको छ। किरात समुदायको सामूहिक अस्तित्वको खोजीका क्रममा यो संवत् प्रवर्द्धन गरिएको हो। यो संवतलाई साझा रुपमा ‘किरात येले संवत्’ उल्लेख गर्दै आएको पाईन्छ। लिम्बू समुदायमा येले तङ्बे, राई समुदायमा ‘येले दोङ’ भन्ने गरिन्छ।

भुगोल र भाषाको विचलनले गर्दा लेखाई र वोलाईमा फरक देखिए पनी समष्टिमा येलेदोङ किरात संमवत नै भन्न खोजिएको हो। नेपालको संविधान २०७२ सालमै ७ वटा संघीय प्रदेश किटान गरी सकेको छ। प्रदेश नं.१ मा यो किरात येले संवत् प्रचलन व्यापक रुपमा अभ्यास गर्दै विश्वब्यापी प्रचार प्रसार गर्दै ब्याबहारमा चलन चल्तिको रुपमा प्रयोगमा ल्याउने प्रयास रहेको छ। यसलाई पछिल्लो समयमा पहिचानका रुपमा किरात राई, लिम्बू, याक्खा, सुनुवार र अन्य समुदायले उल्लेख गर्ने गरिएको पाइन्छ। विभिन्न प्रकाशनहरुमा, शिलालेखहरुमा, चिहान चौतारीमा यो संवत् किरातलिपि “सिरिजंगा लिपि” मा लिपिवद्ध गर्ने गरिएको छ। यो किरात यलम्बर संवतलाई प्रदेशको छुट्टै संवतका रुपमा प्रयोग गर्न सकिने विभिन्न भाषाविदहरु लगायत विद्वानहरुको एक मत समेत रहेको छ।

सर्वप्रथम ‘किरात येले तङ्बे’को प्रचलन २०२९ सालदेखि प्रचलनमा आएको हो। हस्तलिखित ‘सिरिजंगा’ मासिक प्रकाशन बर्ष १ अंक ७ वि.स. २०३० थेसेक्रो पहिलो किरात तङ्बे संवत् उल्लेख गरेका थिए। त्यसैलाई आधार मान्दै त्यो नै किरात संवतको सुरुआती पहिलो कदम थियो । येले संवत् कुनै व्यक्ति विशेषको मात्र लाभ हानीको विषय होइन। समग्र किराती समुदायको अस्तित्वको सवाल प्रमुख विषय हो। यो संवत् र किरात जातिको पहिचानका समग्र पक्षको अध्ययन, अनुसन्धानका निम्ति स्थापित यलम्बर फाउन्डेसन “किरातोलोजी रिसर्च सेन्टर” संस्थाले प्रदेश नम्बर १ मा किरात येले संवतको सघन प्रयोग हुने सम्भावनालाई मध्यनजर गर्दै यस संवतलाई मान्यता दिलाउने कामको पहलकदमी हुनुपर्ने माग दोहोर्‍याएको छ।

समृद्धिको राष्ट्रको कुरा पनी उत्करकर्षमा उठिरहेको छ बिकास निर्माण बिरोधिको कुरा हैन! कुरा हो व्यवस्थित बिकास निर्माण र बिकासको यहा निर्माणको क्रममा कुनैपनि खालको धार्मिक, सास्कृतिक र ऐतिहासिक सम्पदाहरु भत्किनु हुदैन सबै तहतप्काका जन प्रतिनिधिले बुझ्नुपर्ने कुरा यही हो। हाम्रो संस्कृति संस्कार जहिले सम्म रहन्छ, संस्कार रहे सभ्यता रहन्छ सभ्य समाजले मात्र एक समृद्ध राष्ट्र नेपालको निर्माण गर्न सक्छ त्यसैले हामी हाम्रो महत्वपुर्ण संस्कार, संस्कृति, भेषभूषा साथै महत्वपुर्ण भाषाहरुको अभिलेखीकरण र संक्षण गरौ!

विश्व भरी छरिएर रहनु हुने किरात तथा गैरकिरातहरुमा येलेदोङ ५०७९ साथै माधे संक्रान्तिको सबैमा हार्दिक शुभकामना ! नया उमंग साथै भरोसा लिदै नयाकार्यको शुरुवात होस सृष्टिकर्ता सुम्निमा पारुहाङले हामी सबैलाई आशीर्वाद दिउन् !!

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...