News Portal

बिदेशमा पसिनासंग पैसा साट्नेहरूका परीवारलाई मन भन्दा नी धन प्यारो

हिमाली संचार संवाददाता
८५८ पटक

कर्ण अधिकारी– समय बदलियो मान्छेको बिचारहरू बदलिए श्रीमानको मृत्यु भए पश्चात संगै चितामा जलेर सति जाने श्रीमतिको कथाले सयौ बर्ष नाघि सकेको छ।नयाँ जवाना नयाँ सोच अनुसार नेपालीहरू चलायमान भई सकेको छ।दिन दिनै मानवमा मानवता नै हराउँदै गएको आभाष हुँदै छ।

परापूर्व कालमा धन भन्दा मन ठूलो हुन्थ्यो भन्थे तर आजकल मन भन्दा धन ठूलो भएको छ।सबै धनको पछाडी दौड्न ब्यस्त छ।धनको चक्र ब्यूमा परेर बिदेशीनेहरूको लहरले गाउँ बस्तिमा सुन सान छाएको छ।दैनिक जसो नेपाली दाजुभाई दिदिबहिनीहरू बिदेशीएका छन भने बिदेशीएका नेपाली दाजुभाई दिदि बहिनीहरूको मृत शरीर नेपाल भित्रिने पनि त्यतिकै मात्रामा छ।बिदेशले कसैलाई खुशी ल्याई दिएको छ भने कसैलाई जीवनकै आखिरी किनारा लगाई दिएको छ।परीवारको आर्थिक अबस्थामा सुधार ल्याउछु परीवारलाई सुख सयलमा हुर्काउछु भन्नेहरू आफुले आफैलाई नै नेपालका मेन पावर कम्पनिहरूमा बेच्दै बिश्वका बिभिन्न मुलुकमा कार्यरत रहेका छन।

देशको राजनितिक अस्थिरता,गरीवी र रोजगार गर्ने माहौल नहुँदा बर्तमान अबस्था सम्म आई पुग्दा ६० लाख भन्दा बढी नेपाली नागरीकहरू बिदेशमा कार्यरत रहेका छन।यसरी नेपाली नागरीक बिदेशीनु दुर्भाग्य हो।

कामको सीलसीलामा शरीरमा सन्चो हुन्जेल दिन रात नभनी कम्पनीले लगाएको काम गरी पैसा कमाएर परीवारलाई पठायो तर त्यहि शरीरमा सन्चो नहुँदा न त परीवारको साथ पाईन्छ न त मनमा नै शान्ति मिल्छ।एकान्तमा बस्यो त्यहि परीवारको सम्झनामा बिलिन हुँदै बन्द कोठा भित्र सिरानीले मुख छोपेर रूने भन्दा केहि बिकल्प निस्कदैन।सकि नसकी खाना पकायो खायो।बिरामी शरीर सन्चो भए त ठिकै छ यदि सन्चो भएन भने बिदेशमा ज्यान गुमाउनु परेको हामी सामु थुप्रै उदाहरण पनि छन्।

कोहि थलिएर मर्छन भने कोहि थाहा नपाई उच्च रक्तचाप,मदुमेह,ह्रदयघातका कारण मर्छन।परीवारलाई सुखी र खुशी बनाउछु भन्नेहरूको बिदेशी भूमिमा नै मृत्युवरण गरे पश्चात प्राय सबै मृत शरीरलाई सम्बन्धित कम्पनीहरूले नेपाल पठाए पनि केहि राष्ट्रबाट लैजानको लागि कठिन स्थिति सृजित हुँदा त्यहि देशमा सतगत गर्नु पर्ने अबस्था समेत रहेको छ।

जीउँदो हुनु जेल दिन रात नभनी परीवारको लागि खटिनेहरूको मरी सके पछि पनि त्यो मृत शरीरले त्यति नै महत्व राख्ने गरेको छ।केहि दिन देखि मृत शरीरलाई शव गृहमा राखिएको हुन्छ भने बाहिर बस्ने आफन्तजनहरू भने उ त मरेर गयो तर उसले मरी सके पछि कम्पनीबाट के कति क्षतिपूर्ति पाउँछ भन्दै सम्बन्धित निकायसंग छलफलमा जुटी रहेका हुन्छन साथै हाम्रो आर्थिक अबस्था कम्जोर छ आर्थिक संकलन गरी दिनु पर्यो पनि भन्न पछि पर्दैनन्।

आखिर यो संसारमा पैसा जति ठूलो केहि छैन भन्ने कुरा यस्ता किसिमको उदाहरणबाट प्रष्ट हुन्छ।माया ममता के हो भन्ने कुरा सबैले भुलि सके न त श्रीमानलाई श्रीमतिको माया छ न त श्रीमतिलाई श्रीमानको न त छोरा छोरीलाई बाबु आमाको माया छ न त बाबु आमालाई नै छोरा छोरीको।समय बदलिए संगै मान्छेको भावना बिचार बदलिएको हामी प्रष्ट पाउँदछौ।

बिदेश हिड्नुको अघिल्लो रात एक आपसमा अगालोमा बाधिदै रूवाबासी गर्नेहरू बिस्तारै समय बित्दै जाँदा पैसाको मोहमा पर्दै ती बिगतका पलहरूलाई सबै भुलि दिन्छन।अब त माया भन्दा पनि पैसाको खाँचो परी सकेको छ।यता फर्कियो पैसा उता फर्कियो पैसा।बिहान उठे पश्चात बेलुकी नसुते सम्मै पैसाको आबश्यकता।त्यहि आबश्यकता पुरा गर्नकै लागि आफ्नो जीवनको सबै क्षण पलहरू बिदेशी भूमिमा नै समर्पित गरी दिन्छन।मर्नेहरू मरेर गए पनि बाच्नेहरू उमेर ढल्के संगै सम्पूर्ण जोश जागर मुग्लानमा बिसर्जन गर्दै पतेराले चुसेको पात झै भएर स्वदेश फर्किन्छन।यो नेपालीको रहर नभै बाध्यता हो।कसलाई रहर हुँदैन आफ्नो परीवारसंग बस्ने तर त्यहि पापी धनका कारण बिदेशीन बाध्य छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...