आज : २०२६-१०-२०, मङ्गलबार

साहित्य लेखन यात्राको शुभकामना आदानप्रदान तथा पुस्तक विमर्श कार्यक्रम सम्पन्न

धादिङ । साहित्य लेखन यात्राको आयोजनामा शुभकामना आदानप्रदान तथा पुस्तक विमर्श कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा उपस्थित अग्रज स्रष्टा, साहित्यकार, साहित्यप्रेमी, अतिथि तथा शुभेच्छुकहरूले साहित्य, सिर्जना र पठन संस्कृतिको महत्त्वबारे विचार आदानप्रदान गरेका थिए।

कार्यक्रमका अवसरमा ‘सिमली’ मुक्तक सङ्ग्रहका सर्जक सुजन कँडेललाई बधाई तथा सफल साहित्यिक यात्राको शुभकामना व्यक्त गरिएको थियो। उहाँको सिर्जनशील कलमले नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याउँदै जाओस् र आगामी दिनमा पनि उत्कृष्ट कृतिहरू पाठकमाझ आइरहून् भन्ने शुभेच्छा व्यक्त गरिएको छ।

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूप्रति साहित्य लेखन यात्रा परिवारले हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ।

“कलमले संस्कृति जोगाऔँ, साहित्यले समाज जोडौँ” भन्ने मूल भावनासहित साहित्यिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।