असईमा बढुवा भएकी शान्ति घलानलाई दर्ज्यानी चिन्ह सु–शोभन

मकवानपुर, – नेपाल प्रहरी प्रधान कार्यालयको २०८३ असार २६ गतेको निर्णयअनुसार जनपद प्रहरी समूहअन्तर्गत प्रहरी वरिष्ठ हवल्दारबाट प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा भएकी शान्ति घलानलाई दर्ज्यानी चिन्ह सु–शोभन गरिएको छ।
रातोमाटेस्थित प्रहरी गणमा आयोजित कार्यक्रममा गण प्रमुखले नवबढुवा असई घलानलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना व्यक्त गर्नुभयो। उहाँले बढुवासँगै संगठनप्रतिको जिम्मेवारी अझ बढेको उल्लेख गर्दै व्यावसायिकता, अनुशासन र सेवाभावका साथ कार्यसम्पादन गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा प्रहरी निरीक्षकहरू, जुनियर प्रहरी अधिकृतहरू तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नवबढुवा असई शान्ति घलानलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
दर्ज्यानी चिन्ह सु–शोभन कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रहरीले जनाएको छ।

















