युवालाई स्वरोजगारतर्फ प्रेरित गर्दै हेटौंडामा ‘बिन्दावासिनी मिट सप’ सञ्चालन

हेटौंडा, बेरोजगारीको चुनौती बढिरहेका बेला हेटौंडा–८, कमानेका युवा सुजन कार्कीले स्वरोजगारको उदाहरण प्रस्तुत गर्दै ‘बिन्दावासिनी मिट सप’ सञ्चालनमा ल्याएका छन्। आफ्नै व्यवसायमार्फत स्थानीय उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्दै उनले स्वदेशमै आत्मनिर्भर बन्न सकिने सन्देश दिएका हुन्।
मिट सपमा ताजा कुखुराको मासु तथा पोषिलो अण्डा उचित मूल्यमा उपलब्ध छ। थोक र खुद्रा बिक्रीसँगै विवाह, भोज, पार्टी तथा अन्य विशेष कार्यक्रमका लागि आवश्यक मासु र अण्डाको विशेष अर्डरसमेत स्वीकार गरिने व्यवस्था रहेको सञ्चालकले जानकारी दिएका छन्।
सञ्चालक सुजन कार्कीका अनुसार ग्राहकलाई स्वच्छ, ताजा र गुणस्तरीय सामग्री उचित मूल्यमा उपलब्ध गराउनु नै व्यवसायको मुख्य उद्देश्य हो। उनले स्थानीय उपभोक्तालाई एकपटक सेवा लिई गुणस्तरको अनुभव गर्न आग्रह गरेका छन्।
कार्कीले युवाहरू विदेशिनुभन्दा आफ्नै देशमा साना–ठूला उद्यम र व्यवसाय सञ्चालन गरेर पनि सम्मानजनक आम्दानी गर्न सकिने विश्वास व्यक्त गरे। उनका अनुसार आत्मविश्वास, मेहनत र लगनशीलता भए स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न सम्भव छ।
स्थानीय उत्पादन, गुणस्तरीय सेवा र ग्राहकको विश्वासलाई प्राथमिकतामा राख्दै सञ्चालनमा आएको बिन्दावासिनी मिट सपले स्वरोजगार र उद्यमशीलताको सकारात्मक सन्देश फैलाउँदै अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बनेको छ।


















