News Portal

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

३२ पटक

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ। सहरी विकास मन्त्रालयको बजेटमार्फत निर्माण हुन लागेको उक्त भवनका लागि रंगेली निर्माण सेवा प्रा.लि.सँग २ करोड १ लाख ६३ हजार ६ सय ५२ रुपैयाँ ७० पैसामा (भ्याट बाहेक) सम्झौता भएको हो।

निर्माण कम्पनीसँग २०८३ वैशाख १४ गते सम्झौता गरिएको जनाइएको छ भने निर्माण कार्य २०८३ असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा नगर प्रमुख भूमा पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार साह, वडा नं. ७ का वडा अध्यक्ष रामचन्द्र मण्डल, पूर्व मेयर दिलिप बगडिया, विद्यालयका प्रधानाध्यापक विश्वेश्वर सिंह मेङ्वाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र मण्डल लगायत शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख भूमा पराजुलीले शिक्षा क्षेत्रको विकास नगरपालिकाको मुख्य प्राथमिकतामध्ये एक रहेको बताइन्। उनले आधुनिक भवन निर्माणले विद्यार्थीलाई व्यवस्थित र सुरक्षित वातावरणमा अध्ययन गर्ने अवसर मिल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा विद्यालयको भौतिक तथा शैक्षिक विकासलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाइन्।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार साहले सरकारी लगानीको सही सदुपयोग हुनुपर्नेमा जोड दिँदै निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे। आधुनिक भवन निर्माणपछि विद्यालयको शैक्षिक वातावरण अझ व्यवस्थित र आकर्षक बन्ने उनको भनाइ थियो।

विद्यालयका प्रधानाध्यापक विश्वेश्वर सिंह मेङ्वाङले विद्यार्थी संख्या बढ्दै गए पनि पर्याप्त भौतिक संरचना अभावका कारण पठनपाठन प्रभावित भइरहेको अवस्थामा नयाँ भवन अत्यन्त आवश्यक रहेको बताए। उनले नयाँ भवन निर्माणपछि नियमित कक्षा सञ्चालन, अतिरिक्त क्रियाकलाप तथा शैक्षिक व्यवस्थापनमा सहजता आउने उल्लेख गरे।

निर्माण कम्पनीका प्रतिनिधिले तोकिएको समयभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताएका छन्। भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीहरूले सुरक्षित, फराकिला र व्यवस्थित कक्षाकोठामा अध्ययन गर्न पाउनेछन्। साथै विज्ञान तथा प्रविधिमैत्री शिक्षण वातावरण, बालमैत्री शौचालय, अतिरिक्त शैक्षिक गतिविधिमा सहजता तथा वर्षायाममा हुने पठनपाठन अवरोध अन्त्य हुने अपेक्षा गरिएको छ।

स्थानीय अभिभावकहरूले भने भवन निर्माणसँगै विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ प्रणालीमा समेत सुधार आवश्यक रहेको बताएका छन्। “भवन मात्रै होइन, गुणस्तरीय शिक्षा पनि चाहियो,” भन्ने आवाज अभिभावकमाझ सुनिन थालेको छ। आधुनिक पूर्वाधारसँगै सक्षम शिक्षक, प्रविधिमैत्री शिक्षण र प्रभावकारी शैक्षिक व्यवस्थापन हुन सके विद्यालयको शैक्षिक स्तर अझ उकासिने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...