
रबिन्द्र बराल– मोरङको रतुवामाई नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको छ। बर्षाेकाे समयमा जनताको काम छिटो छरितो होस् भन्ने उद्देश्यका साथ केही बर्ष अगाडि नगरपालिकाले जनताकाे कर बाट जेसिवि खरिद गरेर सञ्चालनमा ल्याउँदै आएको थियो ।
तर उक्त जेसबी विगत तीन महिनादेखि झापा स्थित दमक अटो सर्भिस सेन्टरमा थन्काएर राखेको अवस्थामा फेला परेको हो। रतुवामाई नगरपालिकाका मेयर नागेश्वर प्रसाद सिंह गनगाईलाई नगरपालिकाको जेसीबी कहाँ छ भनेर प्रश्न गर्दा उनले भने ७ दिन अगाडि मर्मतका लागि दमक पठाएको जानकारी दिए। तर उक्त जेसबी विगत ३ महिनादेखि झापाको अटो सेन्टरमा मर्मतका लागि राखेको खुलासा भएको हाे। ग्यारेज सञ्चालकका अनुसार बिगत ३ महिनादेखि आफ्नो ग्यारेजमा राखिएको र उनलाई केही महिना अगाडि नगरपालिकाले सम्पूर्ण मर्मत गरि तयारीमा ल्याउन के कति खर्च लाग्छ भनेर एस्टिमेट माग गरेका थिए। उनलेे जेसिबीमा जम्मा ३ लाख रुपैयाँ बराबर सम्म खर्च हुने एस्टिमेट आफुले दिएकाे बताए ।
ग्यारेज सन्चालकका अनुसार नगरपालिका प्रतिनिधिले आफुलाई सामान्य ५ हजार देखि १० हजार रुपैयाँ सम्म मात्रै खर्च हुने गरी मर्मत गर्नु नभए मर्मत नगर्नु र हामीलाई सामान्य सन्चालन भए हुन्छ भनेपछि आफूले उक्त जेसबीमा आफुले ७ हजार रुपैयाँ मात्रै खर्च गरेकाे भएता पनि जेसेवि नबन्ने भए पछि आफुले कुनै पनि मर्मत नगरेकाे बताएका छन् । जेसबीमा सुरुदेखि नै समय समयमा मार्मत र माेविल लगायतका सामनहरु नहाल्दा अहिले यति ठुलाे खर्च गर्नुपर्ने देखिएकाे समेत उनलेे बताए ।
चालकको लापरवाहीका कारणले गर्दे नगरले यति ठुलाे खर्च गर्नुपर्ने देखिएकाे उनलेे टेलिफाेन मार्फत जानकारी दिएका छन । लामो समय देखि नगरका जनताहरुले आफ्नो सम्पत्ती कहाँ छ भनेर अहिलेसम्म पनि नखाेज्नु र नगरले पनि उक्त जेसिविकाे बिग्रिएकाे र मर्मतका लागि लगिएको भनेर सार्वजनिक नगर्नु कतिकाे लापरबाही हाे ।