News Portal

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

६७ पटक

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्। पछिल्लो समय आफ्नो सेयर लगानीसम्बन्धी विषयलाई लिएर बढ्दो विवादका बीच उनले पार्टी नेतृत्वसँग प्रत्यक्ष छलफल गरेका हुन्।

लघु बीमा कम्पनीमा संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि गुरुङमाथि आलोचना तीव्र बनेको छ। उक्त कम्पनीमा विवादास्पद व्यापारी समूहको संलग्नता रहेको भनाइ सार्वजनिक भएसँगै उनीमाथि नैतिक जिम्मेवारीका आधारमा पद छाड्नुपर्ने दबाबसमेत बढ्दै गएको छ।

गृहमन्त्री गुरुङले भने यसअघि सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिँदै उक्त लगानी ऋणमार्फत गरिएको बताएका थिए। तर सम्पत्ति विवरणमा यो विषय उल्लेख नगरिएको भन्दै उनीमाथि थप प्रश्न उठिरहेका छन्।

हालै मात्र गृहमन्त्रीको जिम्मेवारी सम्हालेका गुरुङमाथि आलोचना चुलिँदै जाँदा उनले पार्टी सभापति लामिछानेसँग भेट गरेर आगामी रणनीतिबारे छलफल गरेको स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...