News Portal

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

८४ पटक

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२ वर्षीया सिर्जना पौडेल केसीको हत्या भएको घटनामा नयाँ तथ्य सार्वजनिक भएको छ। प्रहरीले यस घटनाको मुख्य योजना कारागारभित्रबाटै बनेको निष्कर्ष निकालेको छ।

अनुसन्धान अनुसार सिर्जनाका सौतेनी छोरा गौरव कारागारमै रहेर हत्या योजना तयार पारेको खुलेको छ। उनले बाहिर रहेका आफन्तमार्फत योजना कार्यान्वयन गराएको प्रहरीको भनाइ छ।

घटनामा संलग्न रहेको आरोपमा हालसम्म ५ जनालाई पक्राउ गरिएको छ। प्रारम्भिक चरणमै खुँडा प्रहार गर्ने र स्कुटर चलाउने दुई जनालाई नियन्त्रणमा लिइएको थियो भने पछि थप तीन जनालाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भान्जा शिशिर केसी, स्कुटर चालक कुशल परियार, वसन्त केसी र ज्वाइँ नवराज पौडेल क्षेत्री रहेका छन्। वसन्त र शिशिर दाजुभाइ भएको पनि खुलेको छ।

प्रहरीका अनुसार यो घटना पारिवारिक विवाद, अंश मुद्दा र सम्पत्ति बाँडफाँडको विषयले चर्किँदै जाँदा जघन्य अपराधमा परिणत भएको हो।

अनुसन्धानमा संलग्न अधिकारीहरूले कारागारमा रहेका गौरवले बाहिरका आफन्तसँग निरन्तर सम्पर्कमा रहेर योजना अघि बढाएको बताएका छन्। उनलाई पटक–पटक भेटेर घटनामा संलग्न गराउने काम भएको समेत अनुसन्धानबाट देखिएको छ।

प्रहरीले मुख्य योजनाकार मानिएका गौरवलाई कारागारबाट ल्याएर थप अनुसन्धान अघि बढाएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...

आज २०८३ साल वैशाख ३ गतेको राशिफल

आज वैशाख ३, २०८३ ( अप्रिल १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...