
काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि लेबी निर्धारण गरेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको हो।
मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीका अनुसार मन्त्रीहरूबाट मासिक १८ हजार रुपैयाँ र सांसदहरूबाट १६ हजार ५ सय रुपैयाँ लेबी लिने निर्णय गरिएको छ। त्यस्तै, मन्त्रीका स्वकीय सचिवका लागि पनि २ हजार रुपैयाँ लेबी तोकिएको छ।
सांसदहरूले भविष्यमा स्वकीय राख्ने व्यवस्था लागू भएमा उनीहरूका स्वकीय कर्मचारीले समेत मासिक २ हजार रुपैयाँ पार्टीलाई बुझाउनुपर्ने व्यवस्था गरिएको जनाइएको छ।