News Portal

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

२१३ पटक

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत सिरुवा पर्व हिलो–कादो खेल्दै धुमधामका साथ मनाएका छन्। नयाँ वर्ष २०८३ को अवसर पारेर वैशाख १ गतेदेखि ३ गतेसम्म उनीहरूले उक्त पर्व भव्य रूपमा मनाइरहेका छन्।

“कादमाटिर तन हामार, धरती से हमर जीवन। काद सिरुवा खेल करावे हामा सभारो मिलान” भन्ने मूल नाराका साथ गढी महाराजस्थानमा ‘सिरुवा पर्वको शुभकामना आदानप्रदान तथा काद सिरुवा खेल कार्यक्रम’ आयोजना गरिएको हो। ताजपुरिया समाज कल्याण परिषद्को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय युवायुवती, महिला तथा बालबालिकाको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममार्फत परम्परागत संस्कृतिको जगेर्ना गर्दै आपसी सद्भाव, एकता र मेलमिलापको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ। साथै, आफ्नै मौलिक संस्कृतिलाई जोगाइ राख्न यस्ता कार्यक्रम आवश्यक रहेकोमा जोड दिइएको थियो।

उक्त कार्यक्रममा ताजपुरिया समाज कल्याण परिषद्का केन्द्रीय अध्यक्ष पूर्णलाल ताजपुरिया, रतुवामाई नगरप्रमुख नागेश्वर प्रसाद सिंह, राजवंशी समाज विकास समितिका केन्द्रीय सदस्य दीपक कुमार राजवंशी, देवीलाल ताजपुरिया, कल्याणी देवी ताजपुरिया तथा नेपाल आदिवासी जनजाति महासंघका नवनिर्वाचित संघीय परिषद् सचिव शैलेन्द्र ताजपुरिया लगायतको उपस्थिति रहेको थियो।

सहभागीहरूले चिप्लो माटोलाई पानीसँग मिसाएर एकआपसमा लगाउँदै शुभकामना आदानप्रदान गरेका थिए। विशेषगरी काद (हिलो) खेल्ने परम्परागत सिरुवा खेल प्रस्तुत गरिएको थियो, जसले ताजपुरिया समुदायको मौलिक पहिचान झल्काएको सहभागीहरूले बताएका छन्।

कार्यक्रम आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, सानेपा ललितपुरको आर्थिक सहयोगमा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...