
काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा नबुझाई प्रयोग भइरहेका सटलहरूमाथि कारबाही थालिएको छ। परिषद्ले सोमबार पहिलो चरणमा २० वटा सटलमा तालाबन्दी गरेको जनाएको छ।
परिषद्का अनुसार कुल ५६ वटा सटलले वर्षौंदेखि भाडा नतिरेको तथ्य फेला परेको छ। सोही आधारमा सुरक्षाकर्मीको उपस्थितिमा कर्मचारीहरूले तीमध्ये २० सटलमा ताला लगाएका हुन्। तालाबन्दी गरिएका सटलहरूमा रिपोर्टर्स क्लबसहित विभिन्न संघसंस्था र कार्यालयहरू सञ्चालनमा थिए।
परिषद्ले बाँकी भाडा नतिर्ने सटलहरूमा पनि क्रमशः आवश्यक प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।

