
काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि व्यक्त गरेकी छन्। सम्पत्ति विवरणसम्बन्धी आलोचनाको जवाफ दिने क्रममा मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत दिएको भनाइप्रति उनले आपत्ति जनाएकी हुन्।
बमका अनुसार जीवनको वास्तविकता फिल्मी संवादजस्तो सरल नहुने भन्दै आर्थिक अवस्थाका आधारमा मानिसको मूल्यांकन गर्नु उचित होइन। उनले नेपालमा अझै धेरै नागरिक गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै सबैलाई समान अवसर उपलब्ध नहुने अवस्था रहेको बताएकी छन्।
उनले राज्यसँग जनताको आर्थिक अवस्था सुधार गर्ने ठोस योजना अभाव रहेको पनि संकेत गरेकी छन्। सीमित स्रोतका कारण सबैलाई समृद्ध बनाउन तत्काल सम्भव नहुने यथार्थलाई बेवास्ता गर्न नहुने उनको भनाइ छ।
गृहमन्त्रीको अभिव्यक्तिले गरिब नागरिकलाई नै दोषी ठहर गर्ने प्रवृत्ति झल्किएको भन्दै उनले यसले भविष्यमा गरिबीलाई नै अपराधको रूपमा व्याख्या गर्न सकिने जोखिम रहेको उल्लेख गरेकी छन्। पदको मर्यादा अनुसार जिम्मेवार अभिव्यक्ति दिन आग्रह गर्दै उनले गृहमन्त्रीलाई समयमै सचिन सुझाव दिएकी छन्।