News Portal

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

१३० पटक

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा उनको ज्यान गएको छ। मृतक ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री रहेको पुष्टि भएको छ। उनीमाथि अज्ञात व्यक्तिले पछाडिबाट धारिलो हतियार प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटनापछि आक्रमणकारी तत्कालै फरार भएको र सीसीटीभी फुटेजका आधारमा उनी स्कुटी प्रयोग गरी शिवालयतर्फ भागेको देखिएको प्रहरीले जनाएको छ। सो क्षेत्रमा जडित क्यामेराको अध्ययनमार्फत अभियुक्तको पहिचान गर्ने काम भइरहेको छ।

सिर्जना केही समयदेखि फेवाताल किनारको सेदी क्षेत्रमा आफ्नी सानी छोरीसँग एक्लै बस्दै आएकी थिइन्। उनका पति कृष्ण केसीको केही वर्षअघि निधन भइसकेको थियो। त्यसपछि उनी एकल आमाको रूपमा जीवनयापन गर्दै आएकी थिइन्।

पारिवारिक स्रोतका अनुसार विवाहपछिका वर्षहरूमा उनले घरपरिवारसँग विभिन्न किसिमका विवाद झेल्दै आएकी थिइन्। विशेषगरी सेदीस्थित घरजग्गाको विषयलाई लिएर परिवारभित्र मतभेद रहँदै आएको बताइएको छ।

प्रहरीले हालसम्म घटनाको ठोस कारण खुल्न नसकेको बताए पनि सम्पत्तिसम्बन्धी विवादलाई सम्भावित कारणका रूपमा हेरिएको जनाएको छ। घटनास्थलको अवस्था हेर्दा तत्काल कुनै झगडा वा भनाभन भएको संकेत नदेखिएकोले योजनाबद्ध रूपमा आक्रमण गरिएको हुनसक्ने अनुमान गरिएको छ।

घटनामा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। पक्राउपछि मात्र घटनाको वास्तविक कारण खुल्ने अधिकारीहरूको भनाइ छ।

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...