आज : २०२६-०७-२१, मङ्गलबार

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४ साल वैशाख १७ गते श्री ५ को सरकारको नाममा रहेको र हटिया कायम गरिएको थियो। सोही जग्गा २०५५ साल फाल्गुन २६ गतेको नयाँ नापी अनुसार विद्यालय क्षेत्र कायम गरिएको मालपोत तथा नापी कार्यालयको श्रेस्तामा भेटिएको छ।

तर सोही जग्गा व्यक्तिको नाममा रहेको भन्दै अफवाह फैलाइ भूमाफियाहरूले आफ्नो जग्गाको मूल्य बढाउनका लागि रंगेली–७ स्थित पुरानो नेपाल बैंक अगाडि प्रशासनलाई जग्गा निःशुल्क दिने र बाँकी आफ्नो जग्गा चर्को मूल्यमा बिक्री–वितरण गर्ने योजना बनाइरहेको चर्चा बाहिरिएको छ।

नेपाल सरकारको स्वामित्वमा रहेको जग्गालाई इलाका प्रशासन कार्यालयकै प्रयोजनका लागि उपयोग गरी सोही स्थानमा भवन निर्माणका लागि बजेट विनियोजन र पास गर्नुपर्ने देखिन्छ। यस विषयमा स्थानीय सरकार तथा सम्बन्धित निकायको समेत ध्यान जानु आवश्यक देखिन्छ।